भरतपुर । वाम तथा लोकतान्त्रिक आन्दोलनका अगुवा लेखनाथ
भट्टराईलाई मंगलबार भरतपुरमा अभिनन्दन गरिएको छ । मदन भण्डारी फाउन्डेसन र
नागरिक समाज चितवनले संयुक्तरूपमा समाजसेवी भट्टराईको अभिनन्दन गरेका हुन् ।
भट्टराईलाई अभिनन्दन गर्दै कार्यक्रमकी प्रमुख अतिथि नेकपा (एमाले)की उपाध्यक्ष विद्यादेवी भण्डारीले राज्य पुनःसंरचनामा जाँदा धेरै प्रदेश बनाएमा देश थप द्वन्द्वमा फस्ने बताउनुभएको छ । उहाँले सातभन्दा बढी प्रदेश हुन नहुने बताउनुभयो । उपाध्यक्ष भण्डारीले जातीय राज्य हुन नहुने भन्दै सहमतिका आधारमा प्रदेशको निर्धारण गरिनुपर्नेमा जोड दिनुभयो ।
एमालेको सङ्घीय मामिला विभागले पनि सातदेखि आठ प्रदेशमात्र सिफारिस गरेको भन्दै उहाँले एमालेका नाममा धेरै प्रदेश बनाउने भन्ने कुरा पार्टीको आधिकारिक धारणा नभएको प्रष्ट पार्नुभयो । माओवादी र मधेशवादी दलहरुले मुलुकलाई थप द्वन्द्वमा लैजान चाहिरहेको आरोप लगाउँदै उहाँले जातीय राज्यमा जाँदा अनन्तकालसम्म देश द्वन्द्वमा फस्ने बताउनुभयो ।
सो अवसरमा फाउन्डेसनका अध्यक्ष जेएन थपलिया, नागरिक समाजका उपाध्यक्ष नारायणसिंह कुँवर, नेकपा (एमाले)का विजय सुवेदी, नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ, बुद्धिजीवी रमाकान्त सापकोटा, रामप्रसाद न्यौपानेलगायतले अभिनन्दित व्यक्तित्व भट्टराईको योगदानको चर्चा गर्नुभएको थियो ।
शिक्षा, स्वास्थ्य र व्यवसायका अतिरिक्त राजनीतिक क्षेत्रमा क्रियाशील ६५ वर्षीय भट्टराई हाल नेकपा (एमाले) चितवनको सल्लाहकार परिषद्को अध्यक्ष हुनुहुन्छ ।

No comments:
Post a Comment
Thanx for your comment