समाचार टिप्पणी । एकिकृत नेकपा माओवादी
फुटेर मोहन वैद्य किरणको अध्यक्षतामा नेकपा, माओवादी गठन गरेपछि यसले
नेपाली राजनीतिमा धेरै तरङ्ग ल्याएको छ । चर्का कुरा गर्ने, शास्त्रीयरुपमा
मात्र क्रान्ति गर्न सकिन्छ भन्ठान्ने र समग्रमा अतिबादी सोंच र चरित्र
भएका वैद्यहरुले नेपाली राजनीतिमा अतिबादी एजेण्डाहरुलाई उठाएर लोकपि्रय
बन्ने प्रयास गर्नेछन् ।
संबिधानसभा निर्वाचनबाट सवैभन्दा ठूलो दल
बनेको माओवादी टुक्रिएपछि त्यसको सवैभन्दा ठूलो झट्का अध्यक्ष प्रचण्डलाई
लाग्ने छ । जसले बिभिन्न जाति र समुदायको साथमा राष्ट्रपति पदमा पुग्ने र
कम्तीमा दश बर्ष शासन चलाउने सपना देखेका थिए । बैद्यहरुको बर्हिगमनसँगै
उनको त्यो सपना पुरा हम्मेहम्मे पर्ने देखिन्छ ।
माओवादीको फुटले खुसी देखिएका कांग्रेस
एमालेलाई तत्कालका लागि बैद्यको नयाँ पार्टी बाबुराम सरकारविरुद्ध
आन्दोलनका लागि सहयोगी देखिएपनि कालान्तरमा बैद्यहरु कांग्रेस एमालेलाई नै
घाँडो सावित हुनेछन् । बाबुराम सरकार विरुद्धको मोर्चाबन्दीमा तत्कालका
लागि कांग्रेस-एमालेका गतिला सारथी बन्नेछन् बैद्य पक्ष । तर, जातीय
मुद्दामा पार्टी फुटको पहिरो जानबाट एमाले र कांग्रेस पनि अछुतो रहने छैनन्
।
बैद्य पक्षको स्पष्ट रोडम्याप छैन् । न त
उनीहरु तुरुन्त बिद्रोह हुन्छ भन्नेमा ढुक्क छन् न त पुरानै जनयुद्धमा
जानेमा मानसिक र भौतिकरुपले तयार देखिन्छन् । बाबुराम-प्रचण्डहरुले
संसोधनबादी भए, जनयुद्ध सिध्याए, धोका दिए भनेर गाली गर्नेबाहेक उनीहरुसामु
राजनीतिक गतिरोध अन्त्य गर्ने कुनै खाका छैन् । अब कसका बिरुद्ध क्रान्ति
गर्ने ? के भनेर जनतालाई फेरि बन्दुक बोकाउने भन्ने स्पष्ट एजेण्डा पनि
बैद्य समूहसँग छैन् ।
१२ बुँदै समझदारी र माओवादीको चुनवाङ
वैठकको कार्यदिशा ठिक थिएन भन्ने वैद्य समूहले आफ्नो एजेण्डाको रक्षा गर्ने
हो भने फेरि हतियार उठाउनुपर्छ, तर वैद्य पक्षकै नेताहरु तत्काल जनयुद्ध
सम्भव छैन भन्छन् । बाबुराम प्रचण्डहरुले गरेका क्रियामा प्रतिक्रिया
देखाउनु उनीहरुको अन्य राजनीतिक अडान देखिएन् । कहिले अति संसदबादी त कहिले
अति जडसुत्रबादी चरित्र देखाइरहेको छ बैद्य समूहले । अर्थात उनीहरुको बोली
र ब्यबहारमा एकरुपता छैन, स्थीरता पनि छैन् । पूर्व राजा र
राजाबादीहरुसँगको उठबसले पनि उनीहरु राष्ट्रबादी चरित्र देखाएर परिआए
राजाबादीसँग पनि मिलेर जाने योजनामा रहेको देखिन्छ ।
अहिले कुनैपनि बैधानिक निर्वाचित निकाय वा
संसद नभएको अबस्थामा माओवादी फुट्नुको कुनै गणितीय अर्थ त नहोला तर
राजनीतिकरुपमा प्रचण्ड-बाबुरामहरु कमजोर हुनेछन् । चुनाव भयो भने वैद्य
पक्षले धेरै सिट त नल्याउला, कुनै गणना गर्न लायकको उपस्थीति नहोला तर
संस्थापन पक्षीय माओवादीका उम्मेदवारलाई हराउन भने सजिलै सक्नेछन, जसको
फाइदा कांग्रेस एमालेले लिन सक्छन् । यदि त्यस्तो अबस्था देखियो भने अहिले
चुनावमा जान आनाकानी गरिरहेका कांग्रेस एमाले चुनाव जाने योजनामा लाग्नेछन्
भने एकीकृत माओवादीले चुनावलाई प्राथमिकता दिनेछैन् ।
पार्टी नेतृत्व र राज्यबाट असन्तुष्ट
रहेका कार्यकर्ताको भीड जम्मा पार्न बैद्य पक्ष केही हदसम्म सफल भएपनि
उनीहरुको राष्ट्रिय राजनीतिमा उपस्थीति न्यून हुने छ । यस परिस्थीतिमा
संस्थापन पक्षीय माओवादीले आफ्नो कार्यदिशा कार्यन्वयन गरेर जान सजिलो भने
हुनेछ । संस्थापन पक्षीय माओवादीमा अब बाँकी रहेका तीन गुट एकजुट हुन्छन्
कि पुरानै तरिकाले अगाडी बढ्छन् त्यसले पनि निर्धारण गर्ने छ संस्थापन
पक्षीय माओवादीको आकार र हैसियत । बैद्य पक्षको फुटलाई शिक्षाका रुपमा
लिँदै भएका नेता कार्यकर्तालाई एकजुट पार्न सकेन भने माओवादीमा फुटको पहिलो
गइरहनेछ ।
No comments:
Post a Comment
Thanx for your comment