विधुर ढकाल
‘टुटफुट खण्डित कुरा नगर, आत्मसमर्पणको कुरा नगर । बरु एकताको कुरा गर, ..................’ माथि उल्लेखित गीत माओवादी जनयुद्धको उत्कर्षको वेला देखिएको विखण्डनबादका विरुद्ध रचिएको गीत हो । यस गीतले माओवादीको जनयुद्ध ताका राम्रै चर्चा र स्थान पाएको थियो । हरेकजसो माओवादीका कार्यक्रममा यही गीत गाइन्थ्यो र यही गीतको तालमा जनवादी कलाकारहरु नाच्थे । म सम्झन्छु यो गीत आज पनि । यसले आज पनि उत्तिकै अर्थ राख्ने सामथ्र्य राख्दछ ।
अहिले देशको राजनीतिक अवस्था टुटफूट र खण्डित भएको छ । नेपाली राजनीति फेरी यस्तै टुटफूटको अवस्थामा गुज्रिन पुगेको छ । नौलो जनवादका लागि भनेर सँगै शसस्त्र जनयुद्धमा होमिएका सहकर्मीहरु आज एक अर्काको नाम लिँदै विखण्डनवादीको विल्ला ओडाइरहेका छन् । यहाँ कसैलाई पनि विखण्डनकारीको रुपमा उभ्याउन खोजिएको भने होइन तर पनि नेपाली राजनीतिको विखण्डनले राष्ट्रलाई कस्तो असर पार्दछ भन्ने तर्फ सबैले सोच्नुपर्ने तर्फ सचेत हुनुपर्दछ भन्न खोजिएको हो । नेपाली राजनीतिको इतिहाँसर्ला हेर्दा थुप्रै टुटफूट र विखण्डनका घटनाहरु घट्दै आएका छन् । यसले नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली स्वाभिमानलाई आँच पु¥याउने काम मात्र गरेको छ ।
नेपालका ठूला दलहरु सँधै टुटफूटबाट किन गुज्रन्छन् ? यसको जवाफ आम नेपाली जनताले खोजिरहेका छन् । जनयुद्धमार्फत संविधानसभाको नारालाई स्थापित गराएको माओवादीका सहयोद्धाहरु यसरी फूट्लान भन्ने कल्पना नेपाली जनताले कहिल्यै गरेका थिएनन् होला तर भयो यस्तै । सोमबार एकीकृत नेकपा माओवादी फुटेको छ । नेकपा, माओवादी गठन भएको छ । यसले भविष्यमा कस्तो असर पार्ला त्यो त भविष्यले नै बताउला तर पनि यो फूटले आम सहिद परिवार, वेपत्ता परिवार, घाइते तथा अपाङ्ग र तिनका परिवार र प्रत्यक्ष वा परोक्ष रुपमा जनयुद्धमा होमिएकाहरुलाई रुवाएको छ । निरास वनाएको छ । माओवादी भित्रको विवाद चर्किदैँ जाँदा नेपाली जनताले चाहेो संविधान प्राप्त गर्न त सकेनन् नै हजारौँ सहिदले देखेको सपना र तिनको रगतले स्थापित गरेका उपलव्धिहरुको संस्थागत गर्नुपर्नेहरु नै विखण्डनको बाटो समाउन पुगे यहाँ भन्दा ठूलो दुर्भाग्य के नै हुन सक्छ र ?
हुन त नेपाली कम्युनिष्ट हरुको इतिहास एकता भन्दा पनि टुटफूटमा नै रमाएको पाइन्छ । प्रजातन्त्र स्थापन भन्दा अगाडि गठन भएको नेपाल कम्युनिष्ट पाटि कति पटक फुट्यो भनेर सोध्ने भने पनि नेपाली राजनीतिका इतिहासकारहरुलाई पनि केही बेर गम खान बाध्य बनाउँछ । अब त कुनै विद्यार्थीले चाहने हो भने पनि नेपाली कम्युनिष्टको फूटको इतिहासमा नै स्नातोकोत्तर वा विद्यावारीधिका लागि सोधपत्रको विषय नै बन्न सक्ने भइसकेको छ । अहिलेको सन्दर्भमा एकीकृत नेकपा माओवादीको जन्म देखि यसले भोग्दै आएका टुटफूटको स्थितीलाई मुल्याङ्कन गर्न खोजिएको छ ।
२०४८ सालमा तत्कालिन एकताकेन्द्र र नेकपा मशालविच एकता भएपछि एक ठाँउमा आएका मोहन वैद्य, पुष्पकमल दहाल र डा. बाबुराम भट्टराई फेरी दुई धुव्रमा विभाजन भएका छन् औपचारिक रुपमा गत सोमबार बाट । मंगलबार भएको नवगठित नेकपा, माओवादीको पत्रकार सम्मेलनले विधिवत रुपमा एकीकृत नेकपा(माओवादी) बाट अलग भई नयाँ क्रान्तिकारी पाटिको निमार्ण गरेको घोषणा गरे पछि अर्काे कम्युनिष्टको फुटपरस्त नीति उदाङ्गो भएको छ । नेकपा माओवादीले वि.सं. २०५१ सालमा जनयुद्ध घोषण पूर्व सरकार समक्ष पेश गरेको मागमा नै केही असन्तुष्टिका स्वरहरु सुनिएका थिए । असन्तुष्टिहरुलाई संबोधन गर्दै जनयुद्धलाई अगाडि बढाएको माओवादीले शान्तिप्रक्रियमा आए पछि संवोधन गर्न सकेन् । जसको परिणाम हो असार १ देखि भएको असन्तुष्ट वैद्य समूहको कार्यकर्ता भेला र त्यसले गरेको पार्टि विभाजनको निर्णय ।
नेपाली राजनीति र शान्ति प्रक्रियमा महत्व राख्ने एउटा पदावली नेकपा माओवादीको चुनुवाङ् बैठक हो । यही बैठक देखि अहिलेको विभाजनको विजारोपण भएको हो । माओवादीको नेतृत्व गरेर पनि कहिल्यै आफ्नो स्पष्ट नीति दिन नसकेका अध्यक्ष प्रचण्ड कहिले वैद्यलाई वैशाखि बनाएर नेतृत्वमा रहे । कहिले डा. भट्टराईको बुइ चढेर नेतृत्व गरिरहे । माओवादीको २०६१ सालमा भारतको सहयोगमा नेतृत्व कब्जा गर्न खोजेको आरोपमा कारवाही गरिएका भट्टराईको शान्ति र संविधानको लाइन ०६२ असोजमा भएको चुनुवाङ् बैठले पारित ग¥यो । जसको विरोध भारतको सिलगुडी जेलमा रहेका मोहन वैद्य किरणले विरोध गरेका थिए । यही विरोध आज आएर विष्पोट हुन पुगेको हो । माओवादी नेतृत्वलाई नै वैद्यलाई पक्राउन सहयोग गरेको आरोप वैद्यले त्यति वेला लगाएका थिए । माओवादी शान्ति प्रक्रियामा आए पछि संविधान सभाको निर्वाचनले देशको ठूलो पाटिको रुपमा स्थापित त भयो तर पनि यसको विवाद बेलावखतमा चुलिँदै गयो ।
कहिले किरण त कहिले भट्टराईलाई काखि च्यापेर नेतृत्वमा रहिरहेका प्रचण्डप्रति यतिवेला ठूलो आरोप लागेको छ । नेपालको नेतृत्व गरेर राष्ट्रपति बनेको सपना बोक्ने उनले आफ्नै पाटिलाई फुटबाट जोगाउन सकेनन् भने कसरी राज्यको नेतृत्व गर्न सक्लान यो प्रश्न आम नेपाली जनताले उठाएका छन् । अब प्रचण्डले माओवादीको नेतृत्वबाट राजिनामा दिनुको विकल्प छैन् । उनको असफलता पूर्ण रुपमा उदाङ्गो भएको छ । नेपाली राजनीतीमा उनले आफ्नो जुन छबी प्रस्तुत गरेर राजनेता बन्ने अवसर पाएका थिए त्यो गुमाए । हिजो मोहन वैद्यले नैतिकताको आधारमा राजिनामा दिएका थिए र प्रचण्ड महामन्त्री हुँदै अध्यक्ष भएका थिए आज प्रचण्डले राजिनामा दिनु पर्दछ ।खरिपाटि बैठकमा मोहन वैद्य र पालुङ्टार वैठकमा बाबुराम भट्टराईको लाइनलाई समर्थन गरेका प्रचण्डको उपभोग वादी नीतिले धोवि घाट भेला पछि फेल खाएको थियो । तर धोविघाट गठबन्धन नै फेल खाए पछि असन्तुष्ट बनेका मोहन बैद्यले बाबुराम भट्टराईको नेतृत्वमा सरकार बने देखि नै फरक पाटिको अभ्यास गर्दै आएका थिए जसले नवगठित नेकपा, माओवादीको साङ्गठनीक संरचनालाई चाडैनै पूर्ति गर्न देखिन्छ । पहिले प्रचण्डका दाहिने हातका रुपमा चिनिएका बादल पनि यतिवेला किरणको लाइनमा उभिएका छन् । समग्रमा यो धुव्रिकरण नेपाली राजनीतिमा बाम धुब्रिकरणको उपज भन्ने हरु पनि छन् र यसलाई हार्डलाइनर र सफ्टलाइनरको रुपमा व्याख्या गर्नेहरु पनि छन् । यो फूट संविधानसभाको विगठन पछि भएकोले यसलाई पद र प्रतिष्ठासँग पनि जोडेर हेर्नेहरु पनि धेरै छन् । माओवादीको जनयुद्धले परिकल्पना गरेको चाहनाहरु केही पनि पुरा हुन सकेनन् । संविधानसभाको आयु स्वत समापन भयो । माओवादीले गठन गरेका जनयुद्धका संरचनाहरु विगठित भए । जनसेनाको अस्तित्व समाप्त भयो । बाकि रहेका छन् त केवल जनयुद्धले ल्याएका नकरात्मक ध्वंसहरु पीडाहरु । सबै मलम लगाउने बाटाहरु बन्द भए ।
संविधान सभाको निर्वाचन पछि साना तिना कम्पुनिष्ट घटकहरु सँग एकता गरेर एकीकृत कम्युनिष्ट पाटिको कल्पना गर्ने पाटि नै फुट्दा एकताको ढ्वाङ् मात्र बजाएको सावित भएको छ । यतिबेला सबै भन्दा चिन्तित र दुःखीत ति सम्पूर्ण सहिदका परिवार भएका छन् । माओवादीले थालेको जनयुद्धमा ‘हारे एक मुठि सास, जिते सम्पूर्ण संसार’ भनेर परिवर्तनका लागि होमिएका योद्धाका परिवारहरु आज कुन पार्टिको नेतृत्वमा जाने दोधारमा छन् । हाम्रा सन्तानले माओवादीले गरेको जनयुद्धमा परिवर्तनका लागि रगतको कुर्वानी दिएका हुन् । जुन माओवादीमा मोहन वैद्य, प्रचण्ड, बाबुराम बादलहरु सँगै थिए । अब हामी कुन पाटिका सहिद परिवार हुने । उनीहरुको मनमा यस्तै किसिमको द्वन्द्व चलिरहेको छ । हामी अब नेकपा, माओवादीको कि एकीकृत नेकपा माओवादीको सदस्य भन्ने प्रश्न उनीहरुको मनमा गुञ्जिन थालेको छ । हिजो एक अर्काका लागि सुख दुखका साहरा बन्ने गरेका उनीहरु नै आज विभक्त हुने स्थिती पैदा भएकोे छ ।
भनिन्छ संसारमा सबैभन्दा बढि कम्युनिष्ट भएको देश नेपाल हो तर पनि नेपाली कम्युनिष्टको टुटफूटको विरासते संसारका कम्युनिष्टहरुलाई चिन्तित तुल्याएको छ । संविधानसभाको निर्वाचनमा समेत ६० प्रतिसत सिट हासिल गरेका नेपाली कम्युनिष्ट पाटिहरु एक भएको भए कम्युनिष्टहरुले परिकल्पना गरेको राज्य व्यवस्था र कानुन निमार्णमा कुनै पनि बाधा आउने थिएनन् । नेपाली कम्युनिष्टहरु कहिलै सिद्धान्तका लागि मतभेद गरेनन् । अधिकारका लागि विचार विमर्स गरेनन् मात्र गरे शक्ति र पदका लागि बार्गेनिङ् । अहिलेको माओवादी विभाजन पनि त्यसैको निरन्तरताके एक कडि हो । हुन त बैद्यले यो विभाजनलाई क्रान्तिकारी कित्ताकाट भनेका छन् । क्रान्तिकारी पाटिको पुन गठन भनेका छन् । यदि साच्चिकै यो विभाजन क्रान्तिकारीहरुको एकता हुन गयो भने नेपाली कम्युनिष्ट आन्दोलनले विश्वलाई नै उदाहरण पेश गर्नेछ । होइन भने नेपाली राजनीतमा दखल मानिएका भारतिय राजनीतिक विश्लेशक एडि मुनिले भने जस्तै यो विभाजनले तत्काल प्रचण्डलाई र बाबुरामलाई अप्टेरोमा पारे पनि अन्तत उनी मोहनविक्रम सिँह जस्तै हुनेछन् ।
No comments:
Post a Comment
Thanx for your comment