Sunday, July 15, 2012

चरीमाया भैरहवामा सम्मानित

भैरहवा । चेलीहरूको हकहितका लागि आवाज बुलन्द पार्दै आएकी सङ्घर्षशील नारी चरीमाया तामाङलाई भैरहवामा सम्मान गरिएको छ । लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरले चरीमायालाई शनिबार भैरहवामा सम्मान गरेको हो ।
सोह्र वर्षकै उमेरमा चेलीबेटी बेचबिखन गिरोहको सिकार बनेर पनि त्यो नारकीय जीवनबाट  मुक्ति पाई पुनः नेपाल फर्केपछि आफूजस्तै बेचिएका चेलीहरूको हकहितमा आवाज बुलन्द पार्दै आएकी उनलाई सो क्लबले सम्मान गरेको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा र क्लबका अध्यक्ष ओम श्रेष्ठले ताम्रपत्र तथा नगद २५ हजारसहित चरीमायालाई सम्मान गर्नुभएको थियो । चेलीबेटी बेचबिखनविरुद्ध अतुलनीय योगदान गरेबापत सन् २०११ मा अमेरिकी सरकारद्वारा आधुनिक दासत्व अन्त्यका लागि कार्यरत नायक २०११ बाट सम्मानित भइसकेकी उनी अहिले चेलीबेटी बेचबिखनविरुद्ध कार्यरत शक्ति समूह नामक संस्थाकी अध्यक्ष छिन् । सम्मानित चरीमायाले आफू आजन्म चेलीबेटी बेचबिखनविरुद्ध लडिरहने बताइन् ।
नेता थापाले चरीमायाको सम्मान हुनु समग्र महिलाकै सम्मान भएको जनाउँदै चरीमायाबाट सबैले शिक्षा ग्रहण गर्नुपर्ने बताउनुभयो । रासस


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी