काठमाडौं । राजनीतिक दलहरुले विद्यालयलाई शान्तिक्षेत्र बनाउन गरेको विगतको प्रतिबद्धता कार्यान्यवन गर्न जोड दिएका छन् ।
शिक्षा पत्रकार समूहले राजनीतिक दलहरुसँग बुधबार गरेको अन्तक्र्रियामा नेकपा(संयुक्त)का नेता तथा पूर्वमन्त्री गणेश शाहले विद्यालयमा शान्ति क्षेत्र कायम गराउन पूर्वमन्त्रीको सञ्जाल निर्माण गरी नेताहरुलाई आफुले पढेका विद्यालय भम्रणमा लैजानुपर्ने सुझाब दिनुभयो ।
तमलोपाका सह–महामन्त्री जितेन्द्र सोनलले विद्यालय व्यवस्थापन समितिको निर्वाचन गर्ने व्यवस्थाले अराजकता ल्याएको बताउँदै सरकारी उदासिनता र सामाजिक लापरबाहीको कारणले पनि विद्यालय शान्तिक्षेत्र हुन नसकिरहेको औंल्याउनुभयो ।
नेपाली काँग्रेसका शिक्षा विभाग सदस्य चन्द्र भण्डारीले संस्कृत शिक्षालाई विकसित मुलुकहरुमा पनि प्रगतिशील शिक्षाको रूपमा अँगाल्दै गएको अवस्थामा नेपालमा भने संस्कृृत विश्वविद्यालयको स्थिति चिन्ताजनक रहेको जनाउनुभयो ।
नेकपा–माओवादीका शिक्षा विभाग प्रमुख रेखा शर्माले सबै क्षेत्र अशान्त रहेको बेला विद्यालय अशान्त हुनु स्वभाविक रहे पनि विद्यालयभित्र शान्ति कायम गर्ने प्रयास हुुनपर्ने धारणा राख्नुभयो ।
नेकपा(एमाले)का शिक्षा विभाग सचिव चैतन्य शर्माले विद्यालयमा शान्ति स्थापना गर्न राजनीतिक दलहरु आत्मअनुशासित हुनुपर्नेमा जोड दिनुभयो ।
एनेकपा(माओवादी)का केन्द्रीय सदस्य धर्मदत्त देवकोटाले सिंगो समाज शान्त भएमात्र विद्यालय स्वतः शान्त हुने भएकाले समाजमा शान्तिको स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।
नेकपा(माले)का केन्द्रीय सदस्य जनक चालिसेले विद्यालयभित्रै गरिने बन्द र आन्दोलनसँगसँगै बाहिर हुने बन्द र चक्काजामले पनि विद्यालय सञ्चालनमा अवरोध पुग्ने गरेको छ भन्नुभयो ।
मधेशी जनाधिकार फोरम–गणतान्त्रिक(राजकिशोर समूह)का नेता इकवाल अहमद शाहले विद्यालय शान्तिक्षेत्र मधेशमा मात्र केन्द्रित नगरेर देशभरी विस्तार गर्नुपर्ने धारणा राख्नुभयो ।
नेकपा(मसाल)का नेता हरि आचार्य, मधेशी जनाधिकार फोरम नेपालका केन्द्रीय सदस्य जयराम यादव तथा संघीय सद्भावना पार्टीका नेता शिवप्रसाद पटेललगायतका नेताहरुले पनि विद्यालय शान्तिक्षेत्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

No comments:
Post a Comment
Thanx for your comment