मेघौली । केयर नेपालको सहयोगमा सञ्चालन भइरहेको ‘सक्षम’ कार्यक्रमअन्तर्गत तीन जिल्लाका साझेदार संस्थाका कार्यक्रम अधिकृत र सहायक लेखा अधिकृतहरुका लागि तीन दिने परियोजना व्यवस्थापन अभिलेखनसम्बन्धी अभिमुखीकरण तालिम भरतपुरमा संचालन भएको छ ।
कालिका सामुदायिक महिला विकास केन्द्र माडीका कार्यक्रम अधिकृत कृष्ण पन्त र लेखा अधिकृत उर्मिला सापकोटा, दलित सामाजिक विकास केन्द्र, कपिलवस्तुका गोविन्द धवल, प्रेमनाथ हरिजन र ग्रामीण महिला सेवा केन्द्र, मकवानपुरबाट पम्फा पुरी र सुरज शाही गरी जम्मा ६ जनाको सहभागिता रहेको छ ।
केयर नेपाल भरतपुरका अभिलेखन तथा सिकाइ अधिकृत छनबहादुर भट्टचनले अभिमुखीकरणको सहजीकरण गर्नुभएको थियो भने व्यवस्थापनमा सहयोग ‘सक्षम’ परियोजनाका कार्यक्रम अधिकृत कृष्ण पन्तले गर्नुभएको थियो ।
यसैबीच समुदायस्तरमा महिलाहरुमा देखा पर्ने मनोसामाजिक समस्यालाई सहयोग पु¥याउने अभिप्रायका साथ गुञ्जनगर गाविसमा सामुदायिक मनोसामाजिक सहयोग केन्द्र गठन गरिएको छ ।
केयर नेपालको सहयोगमा कालिका सामुदायिक महिला विकास केन्द्र माडीद्वारा सञ्चालन गरिएको ‘सक्षम’ परियोजनाले विगत दुई वर्षदेखि समुदायस्तरमा महिला अधिकार, शान्ति र सहभागिताका साथै मनोसामाजिक समस्यामा परेकाहरुको लागि मनोसामाजिक सहयोग प्रदान गर्दै आएको छ ।

No comments:
Post a Comment
Thanx for your comment