भरतपुर । प्रेस माथि भएको लगातारको आक्रमणको विरोधमा आज चितवनका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय चितवनमा २ घण्टा धर्ना दिएका छन् । प्रहरी प्रशासनको अगाडि पत्रकार माथि आक्रमण हुँदा समेत प्रहरी मुखदर्शक भएको भन्दै प्रशासन विरुद्ध चर्का नारावाजी गर्द पत्रकारहरु धर्नामा बसेका हुन् ।
प्रशासनले अराजक गतिविधी नियन्त्रण गर्नूको साटो उल्टै तिनीहरुलाई नै स्केटिक गर्दै हिँडेको पत्रकारहरुको आरोपछ । यही गतिविधी दोहोरिने र पत्रकार माथि आक्रमण भइरहे प्रशासन, राजनीतिक दललगायत का बन्दकर्ताहरुको समुहिक समाचार बहिस्कार गर्ने पत्रकारहरुले धम्की दिएका छन् ।
पत्रकार महासंघ चितवनका सचिव राधेस्याम खतिवडा माथि रत्नगरको निपनीमा आत्रमण भए पछि पत्रकारहरुको टोलीले टिकौली जङ्गलबाट उहाँलाई उद्दार गरेको थियो । उद्दार पछि पत्रकारहरु प्रशासन पुगी समाचार संकलनका सामाग्रीहरु प्रर्दशन गर्दै धर्ना दिएका थिए ।

No comments:
Post a Comment
Thanx for your comment