नेपाली सिनेमामा चुम्वन र वेड सिन राख्ने अनि कथावस्तु पनि त्यस्तै वनाउने प्रचलन वढ्दै गएको छ । यही, प्रचलनलाई पछ्याउदै चलचित्र ‘डर्टी लभ’को निर्माण भएको छ ।
पवन केसीको कथा तथा निर्देशनमा तयार भएको यस चलचित्रमा प्रशस्त मात्रामा यस्ता सिन राखीएको छ । चलचित्रमा नायिका निता पोखरेल र नव नायक रजित अधिकारीले प्रशस्त मात्रामा चुम्वन र वेड सिनका दृश्य दिएका छन् । चलचित्रलाई वास्तविक वनाउने प्रयासका लागि यस्ता दृश्य पनि वास्तविक नै खिचिएको भनाई निर्देशक केसीले राखेका छन् । २ वटा गीत वाहेक अन्य सम्पूर्ण छायांकन सकिएको यो सिनेमाको सम्पादन पनि सकिएको छ ।
चलचित्रमा विहेदेखि घृणा गर्ने तर सेक्सलाई शरीरको आवश्यकता मान्ने केटा र अनाथ केटीबीचको कथालाई समेटीएको छ । डर्टी लभमा यी दुई कलाकारका अलवा दिनेश दुलाल, सुष्मा सिं, तारा केसी, श्याम श्रेष्ठ, ज्ञानु लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र डर्टी लभमा एउटा आईटम गीत समेत रहेको छ ।
छायांकन नभएको यो गीतलाई निक्कै हट बनाउने सोचाई निर्माण पक्षले राखेको छ । चलचित्रलाई वास्तविक बनाउने नाममा अहिले चुम्वन र वेड सिने जस्ता दृश्यलाई पनि खुलेरै खिच्न थालिएको छ ।
No comments:
Post a Comment
Thanx for your comment