Monday, May 21, 2012

आक्रमणप्रति सात दलद्वारा निन्दा

भरतपुर । चितवनमा क्रियाशील सात राजनीतिक दलहरुले पत्रकारहरुमाथि भएको श्रृंखलाबद्ध आक्रमणका घटनाको निन्दा र भत्र्सना गरेका छन् । दलहरुले सोमबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका हुन् ।
सबै मिलेर नयाँ संविधान निर्माण गर्न सकारात्मक पहलकदमी लिनुपर्नेमा आफ्ना माग पूरा गराउन दबाब दिनु राम्रो कुरा नभएको उल्लेख गर्दै यस्तो बेलामा सकारात्मक ढंगले समाचार सम्पे्रषण गर्नु पत्रकारको धर्म हो तर तिनै पत्रकारलाई विगत केही दिनदेखि आक्रमणको निसाना बनाउने कुराले के सन्देश जान्छ सबैले बुझ्नु पर्ने दलहरुको धारणा छ ।
दलहरुले अखण्ड सुदूरपश्चिमको आन्दोलनबाट सुरु भएको पत्रकारमाथिको आक्रमण अझै रोकिन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।
सोमबार बन्दकर्ताको आक्रमणमा परेका पत्रकार महासंघ चितवनका सचिव राधेश्याम खतिवडा, पत्रकारहरु प्रकाश ज्ञवाली, प्रकाश अधिकारी र यसअघि बन्दकै क्रममा आक्रमणमा परेका प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष शालिग्राम नेपाललगायत यसअवधिमा देशभरका १३ जना पत्रकारहरुमाथि भएको दुव्र्यवहारको घटनाले आफूहरुले दुखी बनाएको दलहरुले जनाएका छन् ।
दलहरुले आगामी दिनमा कुनै पनि पक्षबाट कुनैपनि बहानामा आफूलाई चित्त नबुझे आक्रमण गरिहाल्ने कुराले राम्रो नगर्ने हुँदा आगामी दिनमा पत्रकारहरुमाथि कुनै प्रकारका आक्रमण नगर्न सबैमा अनुरोध गरेका छन् ।
जिल्लाका एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माले, राजमो नेपाल, राप्रपा चितवन र राप्रपा नेपालले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
vie: echitwanpost.net


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी