Monday, May 21, 2012

पत्रकार सुरक्षाका लागि निर्देशिका

भरतपुर । सञ्चारकर्मीहरुमाथि श्रृंखलाबद्ध आक्रमण हुन थालेपछि चितवनमा समाचार प्रकाशन प्रसारणका लागि एक निर्देशिका निर्माण गरिएको छ । नेपाल पत्रकार महासंघसहित पत्रकारितासँग सम्बन्धित विभिन्न संघसंगठनका प्रतिनिधिहरुको सहभागितामा बन्द हडतालको पूर्वसूचना नदिने गरी दसबुँदे निर्देशिका निर्माण भएको हो ।
निर्देशिकामा सबै किसिमका बन्द हड्तालको (समाचार, विज्ञप्ति, अन्तरवार्ता टिप्पणी, विज्ञापन) आदिका माध्यमबाट पूर्व सूचना नदिने र पत्रकारले तटस्थ बसेर समाचार संकलन तथा प्रकाशन प्रसारण गर्नुपर्ने ।
त्यस्तै विद्युतीय सञ्चारमाध्यमले सबै किसिमका बन्द हड्ताल तथा आन्दोलनका प्रत्यक्ष प्रशारण नगर्ने, बन्द, हडताललगायतका आन्दोलनका समाचार संकलन गर्न जाँदा आफ्नो पहिचान लिएर जाने । जस्तै परिचयपत्र, सवारीसाधनमा प्रेस टाँस्ने तर, स्थायी प्रेस आफ्ना सवारी साधनमा नराख्ने ।
सन्तुलित समाचार लेख्ने, उत्तेजित नबनाउने । बन्दको समयमा समाचार संकलन र अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा सडकमा ननिस्किने । बन्दको कारण जनजीवनमा परेको नकारात्मक असरलाई समाचारमा प्राथमिकता दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
त्यस्तै निर्देशिकामा बन्द हडतालको क्रममा एउटै मान्छे पत्रकार कुटपिट तथा धम्कीमा पटकपटक प्रयोग भएको पाइए उक्त मान्छेको हुलियासहित संस्थागत रुपमा सबै पत्रकारले समाचार लेख्ने । यस्तो समाचार लेख्दा धम्की, जबरजस्ती गरे संस्थागत रुपमा प्रतिरक्षा गर्ने उल्लेख छ ।
त्यसैगरी बन्द हड्तालका समयमा समाचार संकलनमा सकेसम्म एक्लै नहिँड्ने । पत्रकार तथा सञ्चारमाध्यमले साम्प्रदायिकता, जातीय सद्भावमा खलल् पर्ने खालका समाचार प्रकाशन, प्रसारण नगर्ने तथा त्यस्तो व्यवहार नदेखाउने र जिम्मेवार भएर रिपोर्टिङ गर्ने, निर्देशिकाले भनेको छ ।


vie : echitwanpost.net

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी