नारायणगढ । लामो समयदेखि बन्दको मार खेपिरहेका उद्योगी व्यवसायीहरु विगत
१० दिनदेखिको लगातारको बन्दले व्यवसाय धरापमा परेको भन्दै बन्द हडतालको
विकल्प खोज्न माग गरेका छन् । उनीहरुले बन्द हडतालको विरुद्धमा
सद्भाव¥याली तथा दौड गर्ने जनाएका छन् ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा यही १० गते ¥याली तथा दौडको आयोजना गर्न लागिएको सोमबार संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो । लगातार हुने बन्दले चितवनमा मात्र करिब साढे चार करोडको दैनिक नोक्सानी हुने उहाँले बताउनुभयो ।
यस्ता बन्दका कारण देशले दैनिक एक अर्ब ९९ करोड २० लाख बराबरको नोक्सानी बेहोरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘चितवनमा खाद्यान्नका ठूला व्यवसायी नभएको र आयात पनि ठप्प हुँदा खाद्यान्न तथा दानाजन्य कच्चा उत्पादनको अभाव हुन सक्छ ।’ उद्योगी व्यवसायीहरु ०६२÷०६३ को आन्दोलनमा यही अवस्थाको निम्ति आन्दोलनमा नहोमिएको भट्टराईको भनाइ थियो ।
अहिले भइरहेका आन्दोलनले अधिकार प्राप्तिको लागि भन्दापनि जातीय सद्भावमा खलल् आउन सक्ने भन्दै जातीय सद्भाव कायम गर्नका लागि सद्भाव ¥याली तथा दौडको आयोजना गरिएको संघले जनाएको छ । ¥याली तथा दौड बिहान नारायणगढ बसपार्कबाट सुरू भई लायन्सचोकमा पुगी समापन हुनेछ ।
vie : echitwanpost.netउद्योग वाणिज्य संघ चितवनको आयोजनामा यही १० गते ¥याली तथा दौडको आयोजना गर्न लागिएको सोमबार संघको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जानकारी दिनुभयो । लगातार हुने बन्दले चितवनमा मात्र करिब साढे चार करोडको दैनिक नोक्सानी हुने उहाँले बताउनुभयो ।
यस्ता बन्दका कारण देशले दैनिक एक अर्ब ९९ करोड २० लाख बराबरको नोक्सानी बेहोरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘चितवनमा खाद्यान्नका ठूला व्यवसायी नभएको र आयात पनि ठप्प हुँदा खाद्यान्न तथा दानाजन्य कच्चा उत्पादनको अभाव हुन सक्छ ।’ उद्योगी व्यवसायीहरु ०६२÷०६३ को आन्दोलनमा यही अवस्थाको निम्ति आन्दोलनमा नहोमिएको भट्टराईको भनाइ थियो ।
अहिले भइरहेका आन्दोलनले अधिकार प्राप्तिको लागि भन्दापनि जातीय सद्भावमा खलल् आउन सक्ने भन्दै जातीय सद्भाव कायम गर्नका लागि सद्भाव ¥याली तथा दौडको आयोजना गरिएको संघले जनाएको छ । ¥याली तथा दौड बिहान नारायणगढ बसपार्कबाट सुरू भई लायन्सचोकमा पुगी समापन हुनेछ ।
No comments:
Post a Comment
Thanx for your comment