Thursday, May 3, 2012

दुर्घटनामा तीन पत्रकारसहित चार घाइते

भरतपुर । नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत चण्डीभञ्ज्याङ–५ खहरेखोलानजिकै भएको सवारी दुर्घटनामा विराटनगरका तीन पत्रकारसहित चार जना घाईते भएका छन् । घाइते हुनेहरुमा प्रेस चौतारी कोसीका अञ्चल इन्चार्ज डिल्ली पोखरेल, मोरङ सदस्य इन्दिरा भट्टराई र शान्ता दाहाल रहेका छन् । अर्का एक जनाको नाम खुल्न सकेको छैन । बिहीबार बिहान भएको सो दुर्घटनाका घाइतेमध्ये एक जनाको अवस्था मध्यम र तीन जना सामान्य रहेका छन् । विराटनगरबाट पोखरा जाँदै गरेको ना ३ ख ६५२७ नम्बरको बस पट्टा भाँच्चिएर पल्टिएको हो । घाइते पत्रकारहरु प्रेस चौतारी नेपालको पोखरामा हुने महिला पत्रकारहरुको भेलामा सहभागी हुन जान लागेका हुन् । घाइते पत्रकारमध्ये पोखरेललाई काठमाडौं पठाइएको बताइएको छ । अन्यको भरतपुरमा उपचार भइरहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी