भरतपुर । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समिति
चितवनले बुधबार चितवनका छ राजनीतिक दलका प्रमुखहरुलाई जातीय संघीयताको
विरोध गर्दै ज्ञापनपत्र बुझाएको छ ।
समितिका संयोजक धनबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले सुरूमा नेपाली काँग्रेसको पार्टी कार्यालय कमलनगरबाट पुगी ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउन गएको टोलीलाई जिल्ला सभापति विकास कोइरालाले समितिले उठाएको मुद्दा नेपाली काँग्रेसको पनि भएको बताउनुभएको थियो ।
त्यस्तै उनीहरुले एकीकृत नेकपा माओवादी नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा नेपाल र राप्रपाको पार्टी कार्यालय पुगी ज्ञापनपत्र बुझएका हुन् । ब्राह्मण समाज नेपाल चितवन, क्षत्री समाज नेपाल चितवन, ठकुरी कल्याण समाज चितवन र नेपाल दसनामी समाज चितवनका प्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।
जातीय संघीयताले देश विखण्डन गर्ने भन्दै उनीहरुले संघर्षका कार्यक्रम घोषणा गरेका थिए । संविधानमा अन्यमा पारिएका जातिलाई आदिवासीको सूचीमा सूचीकृत गरिनुपर्ने, जातीय आरक्षण नभई वर्गीय आधारमा आरक्षण कायम गर्नुपर्ने र राज्य पुनर्संरचना गर्दा चितवनलाई अखण्ड राखिनुपर्ने माग राख्दै उनीहरु आन्दोलित भएका हुन् ।

No comments:
Post a Comment
Thanx for your comment