भरतपुर । चितवनका पत्रकारसँग आवद्ध तीन संघसंस्थाहरुले श्रमजीवी पत्रकार ऐन
कार्यान्वयन गराउन नेपाल पत्रकार महासंघ चितवनको भूमिका कमजोर भएको
निष्कर्ष निकालेका छन् ।
नेपाल प्रेस युनियन चितवन, प्रेस चौतारी नेपाल चितवन र क्रान्तिकारी
पत्रकार संघ चितवनको बुधबार सम्पन्न बैठकले श्रमजीवी ऐन कार्यान्वयन गराउन
दबाबमूलक कार्यक्रम सञ्चालन गर्न महासंघसँग माग गरेको छ ।
जिल्लाका सञ्चारमाध्यममा श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन महासंघलाई ती संस्थाहरुले एक साताको अल्टिमेटमसमेत दिएका छन् । यसका लागि महासंघ चितवन गम्भीर नभए आन्दोलन गर्ने निर्णय पनि बैठकले गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन पत्रकार महासंघको भूमिका कमजोर भएको निष्कर्ष निकालिएको छ’, संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘महासघले ऐन कार्यान्वयन गराउन नलागे चरणबद्ध आन्दोलन गर्ने निर्णय गरिएको छ ।’
युनियनका अध्यक्ष बसन्त पराजुली, चौतारीका अध्यक्ष शालिग्राम नेपाल र क्रान्तिकारी पत्रकार संघका संयोजक सुरेशचन्द्र अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारहरुको शुद्धीकरणका लागि पनि महासंघसँग आग्रह गरेको छ ।
‘महासंघको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी र क्रान्तिकारी पत्रकार संघको प्रतिनिधित्व रहने गरी कार्यदल बनाएर महासंघको सदस्यता शुद्धीकरण अभियान थालियोस्’, विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी प्रेस र प्रेसका नाममा भइरहेका दुरुपयोग र विकृति रोक्न अनुगमन तथा नियन्त्रणतर्फ गम्भीर बन्न युनियन, चौतारी र क्रान्तिकारीले महासंघलाई आग्रह गरेका छन् । पत्रकारमाथिको आक्रमण रोक्न र सुरक्षाको प्रत्याभूति गराउन जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्दै पत्रकार स्वयम्लाई पनि जिम्मेवार बन्न बैठकले आग्रह गरेको छ ।

No comments:
Post a Comment
Thanx for your comment