हिजो भएको तोडफोडका घटनाका कारण आज निजी मोटरसाइकल समेत चलेका छैनन्। सार्वजनिक सवारी साधन, शिक्षण संस्था र उद्योगधन्दा ठप्प छन्।
हिजो मिडियामाथि आक्रमण भएको भन्दै आलोचना भएपछि आज आन्दोलनकारीहरुले पत्रकारहरुलाई पहिचानको पक्षमा पनि लेखिदिन अनुरोध गर्दै ठाउँठाउँमा खादा र अबिरले सम्मान गरिरहेका छन्। पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई आन्दोलनकारीहरुले कोटेश्वर चोकमा भर्खरै सम्मान गरेको पत्रकार राजेश राईले बताए।
महासंघका अध्यक्ष राजकुमार लेखीले हिजो एक वक्तव्य जारी गरी काठमाडौँ उपत्यकामा बन्द बिहान ५ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै जारी रहने बताएका छन्। उनको यो वक्तव्यसँगै हिजो ५ बजेपछि पसलहरु खुलेका थिए र सार्वजनिक सवारी साधन पनि चलेको थियो।
vie : nagrik news
No comments:
Post a Comment
Thanx for your comment