काठमाण्डौं । एमाले निकट विद्यार्थीहरुको
संगठन अनेरास्ववियुमा राष्ट्रिय सम्मेलन आउन ४ महिनाअघिनै नेतृत्वका लागि
गूटगत भेलाहरु हुन थालेका छन् । २०६९ असोजमा हुने राष्ट्रिय सम्मेलनमा
महासचिव र पाँचै उपाध्यक्षहरु अध्यक्षका दावेदारका रुपमा देखिएका छन् ।
संगठनको नेतृत्वमा पुग्नका लागि अहिलेदेखि नै गुटगत प्रतिष्पर्दा सुरु
भएको छ ।
उपप्रधानमन्त्री इश्वर पोख्रेललाई बधाई दिने क्रममा एक गुटले अर्को गुटलाई उछिन्ने होडबाजी चलेको थियो । संगठनले सामूहीक रुपमा बधाई तथा शुभकामना दिने परम्परालाई विर्सिएर गुटगत रुपमा बधाई दिन थालेको बताईएको छ ।
गत चैत १८ गते बसेको केन्द्रीय कमिटीको बैठकले जेठ १५ गते भित्र सवै क्याम्पसमा कमिटी र जेठभित्र सम्मेलन गर्ने निर्णय गरेपनि उक्त निर्णय कार्यान्वयन हुन नसकेको र निर्णय कार्यान्वयन गराउनका लागि अध्यक्ष र महासचिव नै उदासिन रहेको एक उपाध्यक्षले बताएका छन् । ३/३ महिनामा बस्ने सचिवालयको बैठक पनि ८ महिनादेखि बस्न नसकेको ती उपाध्यक्षले बताएका छन् ।
आफूहरुले गरेको निर्णय कार्यान्वयन गरउन कदम चाल्नुको साटो विभिन्न ठाउँमा गुटगत भेला गराएर संगठनका अध्यक्ष माधव ढुंगेलनै हिड्ने गरेको अरोप लगाएको खबर आजको साँघु साप्ताहिकले छापेको छ । यसै सिलसिलामा अध्यक्ष ढुंगेल, महासचिव मल्लहरुलाई पनि वरिष्ट नेता केपी ओलीले जेठ ५ गते बेलुका बालकोटमा डिनरसहितको भेला गराएको पनि अखिलमा चर्चा चल्न थालेको सोमबारको साँघु साप्ताहिकले छापेको छ ।
vie : onlinekhabar

No comments:
Post a Comment
Thanx for your comment