Sunday, May 20, 2012

राउटेद्धारा अखण्ड जंगलको माग

दाङ । कुनै पनि अक्षर चिन्न र लेख्न नसक्ने राउटेहरुले राउटे उत्थान प्रतिष्ठानले तयार गरेको तीन बुँदे ध्यानाकर्षणपत्र संविधानसभाका अध्यक्ष सुवास नेम्बाङलाई पठाएका छन् । सो पत्र राउटेका मुखिया मैनबहादुर शाहीले इलाका प्रशासन कार्यालयका प्रमुख यज्ञबहादुर बुढालाई बुझाएका थिए ।
ध्यानाकर्षणपत्रमा राउटेको मुख्य जीविकोपार्जनको माध्यम जंगलभित्रैका प्राकृतिक स्रोत र साधन भएकाले जस्तोसुकै संघीय संरचना भएपनि सहज उपभोग गर्न पाउनुपर्ने उल्लेख छ भने संघीय संरचनाको कुनै सीमाले राउटेहरुलाई बाध्य नहुने उल्लेख गरिएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
काठमाण्डौमा रहेको राउटे उत्थान मञ्चले संविधानसभाका अध्यक्षलाई भेट्न जाँदा सभाध्यक्ष नेम्बाङले राउटेका मुखियालाई टेलिफोन सम्पर्क गरी राउटेको अधिकारका बारेमा पनि संविधानमा व्यवस्था गर्ने उल्लेख गर्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी