भरतपुर । अनेरास्ववियू(क्रान्तिकारी) सप्तगण्डकी बहुमुखी क्याम्पसले क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गर्नुका साथै कुर्सी समेत जलाएको छ ।
आइतबार विहान सात बजे इकाई उपाध्यक्ष विनोद पौडेलको नेतृत्वमा गएको विद्यार्थीहरुको समूहले क्याम्पस प्रमुखको राजिनामा माग गर्दै तोडफोड गर्नुका साथै कुर्सी जलाएको एक विद्यार्थीले बताए । उता क्याम्पसले विगत दूई वर्ष देखिको छात्रवृत्तिको नतिजा प्रकाशन नगरेको, क्याम्पसको आर्थिक पारदर्शिता नभएको तथा क्याम्पसमा प्रशासन तथा प्रध्यापकहरु राजनीतिक कार्यकर्ताको रुपमा भिएकाले त्यसको सांकेतिक विरोध स्वरुप कुर्सी जलाईको पौडेलले बताए ।
विद्यार्थीका मागहरु संवोधन नभए कडा आन्दोलन गरिने उनको भनाइ थियो ।
No comments:
Post a Comment
Thanx for your comment