भरतपुर । जनसंख्याको विषयमा पत्रकारहरुका लागि अभिमुखीकरण कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भरतपुरको आयोजना भएको कार्यक्रममा जनस्वास्थ कार्यालय परिवार नियोजन इकाइकी सीता दाहाल, इन्द्रमणि भण्डारीलगायतले जनसंख्या वृद्धि, यसको नियन्त्रण र जनसंख्याको अद्यावधिक कसरी गर्ने भन्ने सवालमा जानकारी दिनुभएको थियो ।
सोही अवसरमा कार्यालयले जनसंख्यासँग सम्बन्धित विभिन्न १८ वटा कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी गराएको थियो । कार्यक्रममा जिल्ला जनस्वाथ्य प्रमुख केहरसिंह गोदारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment
Thanx for your comment