Saturday, May 26, 2012

सडकपेटीमा संघीयता बहस

आइतबार संविधानसभाको म्याद सकिदैछ। नयाँ संविधानका लागि सबै दलका नेताहरु छलफल र वार्तामा व्यस्त छन। संघीय राज्यसहितको संविधानको गृहकार्य भइरहेको छ। तर कस्तो संघीयराज्य भन्ने टुङगो लागिसकेको छैन। र, संघीयताको आधार के हुने र तीनको नाम के-के हुने भन्ने पनि अन्यौलको स्थिति छ। यही सन्दर्भमा नागरिककर्मी उपेन्द्र लामिछानेले विभिन्न पेशामा संलग्न राजधानीका सर्वधारणसँग गरेको कुराकानी।
के हो संघीयता? संघीयता के हो मलाई थाहा छैन। पति सिकर्मी काम गर्नुहुन्छ। छोरा १२ र छोरी ५ मा पढ्दैछे। सभासदहरु यही ढोका भएर भित्र-बाहिर गरेको देख्दै आएको छु। भित्र लामो समयदेखि संविधान बन्दैछ भन्ने सुनेकी छु। यसभन्दा बढी केही थाहा छैन।
-संविधान सभा भवनअगाडि चार वर्षदेखि नाङ्लो पसल राख्दै आएकी दोलखा मैनापोखरकी सुन्दरी खत्री जातीय राज्य हुनुहुँदैन देश निकै अगाडि बढिसकेको छ। संघीयतामा जानुको विकल्प छैन। तर त्यो जातीय भने हुनुहँुदैन। यसले गृहयुद्ध गराउने डर रहन्छ। प्रान्तहरु छुट्याउँदा जातीय आधारमा नगरेर भौगोलिक आधारमा गरे राम्रो। यसले सबैलाई समेट्नेछ।
-बौद्धनाथ मन्दिरअगाडिको पेटीमा घडी बेच्दै आएका झापा बुधबारेका ३५ वर्षीय परशुराम अधिकारी
सबै मिलेर बसे राम्रो संघीयता भनेको मलाई थाहा छैन। तर देश नटुक्रे हुन्छ भन्ने लाग्छ। सत्तामा सबै समुदायको समान पहुँच हुनुपर्यो। सबै नेपाली एकै हौं। सबै मिलेर बस्दा राम्रो हुन्छ।
- गौरीघाट चोकमा १२ वर्षदेखि जुत्ता सिउँदै आएका सर्लाही नवलपुरका २८ वर्षीय राम वली।
प्रदेश कम भए राम्रो संघीयताबारे थाहा छैन तर प्रदेश धेरै नभएको राम्रो। खर्च बढी हुन्छ।
-काभ्रेको पनौती घर भई काठमाडौंमा ट्याक्सी चलाउँदै आएका ५९ वर्षीय रामबहादुर लामा
जे छ त्यहीमा बसौं संघीयतामा जानु ठीक छैन। देश टुक्रिने डर रहन्छ। आन्तरिक झगडा र गृहयुद्ध हुने सम्भावना रहन्छ। त्यसैले जे छ, त्यहीमा रहनु ठीक लाग्छ।
-भोजपुर घर भई हाल मैजुबहालमा बस्दै आएकी गृहिणी सीता कटुवाल
संघीयतामा गए विकास हुन्छ मुलुक संघीयतामा गए गाउँमा विकास पुग्ने आशा छ। अहिले केन्द्रमा मात्र सुविधा छ। गाउँमा विकास पुगे राजधानी छाडेर गाउँ फर्कने सोच छ।
-जोरपाटीमा ठेलामा काँक्रो बेच्दै आएका दोलखाका ३४ वर्षीय नेत्रप्रसाद दाहाल।
देश टुक्रा पार्नु ठीक हैन सबैसँग सहमति गरेर एउटै देशमा मिलेर बसेको राम्रो। देश टुक्रा पार्नु राम्रो लाग्दैन। सबैको चित्त बुझाएर मिलेर बस्न पाए हुन्थ्यो।
-जोरपाटी दक्षिण ढोकामा १० वर्षदेखि तरकारी बेच्दै आएकी पार्वती राजवंशी।
कति जातलाई प्रदेश दिने? जातीय आधारमा देशलाई टुक्राएर साध्य हुँदैन। कति टुक्रा पार्ने? कुन कुन जातलाई दिने? यो सबै सम्भव छैन। एउटालाई दिए अर्कोले मान्दैन।
-संखुवासभा घर भई ५ वर्षदेखि जोरपाटीमा मम पसल गर्दै आएका ५५ वर्षीय तेन्जङ शेर्पा
भौगोलिक आधारमा प्रदेश विभाजन हुनुपर्छ जातीय आधारमा नगरेर भौगोलिक आधारमा प्रदेश विभाजन हुनुपर्छ। यसले देशको आर्थिक विकासमा सहयोग पुर्‍याउनेछ। जातीय आधारमा भएको विभाजनले अन्ततः मुलुक विनाशको बाटोतर्फ लाग्नेछ।
-सुनसरी घर भई चावहिलस्थित वि्रलियन्ट कलेजमा कक्षा १२ मा अध्यनरत् खगेन्द्र पौडेल।
देश टुक्रा पार्नु ठीक हैन संघीयताबारे थाहा छैन तर प्रदेशको नाममा देश टुक्रयाउनु ठीक लाग्दैन। सबै मिलेर देशको विकासमा लागे राम्रो लाग्छ। जातपातभन्दा माथि उठेर सोच्नुपर्छ। देशमा शान्ति चाहिएको छ।
-संविधान सभा भवनअगाडि सोडा बेच्दै आएकी तारा भुजेल
संघीयता राम्रो लाग्छ मुलुक संघीयतामा गए हाम्रो गाउँमा पनि विकास पुग्छ भन्ने आशा लागेको छ। त्यसो भए म उहीँ बसेर आफ्नो काम गर्ने थिएँ। भाइ-बहिनीलाई उतै उच्च शिक्षा दिलाउने थिएँ। त्यही भएर संघीयता मलाई मन पर्छ।
-चावहिल मैजुबहालमा पानी पुरी बेच्दै आएका सर्लाहीका २२ वर्षीय रामप्रकाश पंण्डित
प्रस्तुति :nagriknews

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी