Wednesday, May 23, 2012

महिलाले बनाए बाटो

धुर्कोट (गुल्मी) । गुल्मी अमरपुर गाविसका महिलाले श्रमदानबाट गोरेटो बाटो मर्मत गरेका छन् ।अमरपुर गाविस¬– ३ मा गठित नवप्रगतिशील महिला समूहका महिलाले श्रमदानमा ५०० मिटर गोरेटो बाटो मर्मत गरेका हुन् ।
समूहका १५० महिलाले इम्पुर पानी मिलदेखि आधा किलोमिटर मोटरबाटोमा श्रमदान गरेका हुन् । खोलाबाट दैनिक ढुँगा बोकेर उक्त गोरेटो बाटोमा ढुङ्गा बिछ्याएको समूहका अध्यक्ष लक्ष्मी गौतमले बताउनुभयो ।
गाउँका मानिसलाई खेतबारीमा जान र त्यस क्षेत्रका विभित्र गाविसका जनतालाई पानी मिलमा जानका लागि समस्या भएकाले मोटरबाटो मर्मत गरिएको उहाँले बताउनुभयो ।
बाटो मर्मतपछि त्यस क्षेत्रका मानिसलाई खेतीपातीका लागि गुल्मीको सबैभन्दा ठूलो फाँट चौरासीफाँट जान तथा अर्जे, घमिर, अर्खाबाङ, छापहिलेलगायतका गाविसका जनतालाई पानी मिलमा जानका लागि सजिलो भएको नेपाली काँग्रेस अमरपुरका समिति सभापति क्याप्टेन नरबहादुर अर्यालले बताउनुभयो ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी