सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा एक महिनाको अन्तरालमा छ आरोहीको मृत्यु भएको छ । अन्य नौ जना गम्भीर घाइते भएका छन् ।
सगरमाथाको सफल आरोहण गरेर फर्किने क्रममा क्यानडेली नागरिक ३३ वर्षीया श्रीया शाहको मृत्यु भएको छ । सगरमाथाको सफल आरोहण गरी फर्कदै गर्दा आठ हजार ६५० मिटरको उचाइमा शाहको मृत्यु भएको हो ।
‘सिलिन्डरमा भएको कृत्रिम अक्सिजन सकिएर उनको मृत्यु भएको हुन सक्छ’, सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले भन्नुभयो । अधिकृत श्रेष्ठका अनुसार काठमाडौँको ह्याप्पी फिट टे«किङ एजेन्सीको व्यवस्थापनमा हाई एडभेन्चर एक्सपिडिसन २०१२ दलमार्पmत उनी सगरमाथा आरोहणमा गएकी थिइन् ।
अमेरिकी आरोही विलियम मिचेल बुर्कले नेतृत्व गरेको दलकी सदस्य शाहले साधारण मार्ग दक्षिण पूर्वी मोहडाबाट सफल आरोहण गरेकी थिइन् । उनको दलमा ११ सदस्य रहेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी सगरमाथाको सफल आरोहण गरी फर्किने क्रममा जर्मनीका ८२ वर्षीय डाक्टर एरिक एभरहार्ड स्काफ, दक्षिण कोरियाका सोङ बनविन र चीनका विन रीको पनि मृत्यु भएको छ । शिखरबाट फर्कदै गर्दा आठ हजार ७०० मिटर उचाइमा आइपुगेपछि स्काफको मृत्यु भएको अधिकृत श्रेष्ठले बताउनुभयो । उनीहरुको शव आधारशिविरमा झार्ने प्रयास भइरहेको छ ।
प्रतिकूल मौसमका कारण शव आधारशिविरमा झार्न नसकिएको पनि श्रेष्ठले जानकारी दिनुभयो । आरोहीको सामान बोकेर आधार शिविरबाट क्याम्प टु मा पु¥याएर झर्दा एक क्लाइम्बिङ शेर्पाको क्याम्प वानमा खर्पसमा खसेर र अर्का क्लाइम्बिङ शेर्पाको आधारशिविरमा लेक लागेर मृत्यु भएको छ ।
सगरमाथा आरोहण गर्ने क्रममा नौ जना आरोही गम्भीर घाइते भएका छन् । सगरमाथाको क्याम्प टु मा पुग्दा हिँउले हातका औंला खाएको, आँखाको ज्योति गुमेका कारण उनीहरुलाई क्याम्प टु बाट नै उद्धार गरी हेलिकोप्टरले काठमाडौँ लगेको श्रेष्ठले जानकारी दिनुभयो ।
अभैm सगरमाथा आधारशिविर, क्याम्प वान, टु, थ्रीमा १५० भन्दा बढी आरोही सगरमाथाको शिखर चुम्ने प्रतिक्षामा बसिरहेका छन् । हिजोदेखि मौसम बिग्रिएपनि उनीहरु शिखर चुम्ने प्रतिक्षामा बसिरहेका छन् ।

No comments:
Post a Comment
Thanx for your comment