Wednesday, May 23, 2012

डढेलोबाट घोरलको बासस्थान नष्ट


परासी । नवलपरासीको पहाडी जङ्गलमा लगातार डढेलो लाग्न थालेपछि नवलपरासी र पाल्पाको महाभारत चुरे पर्वतमा पाइने लोपोन्मुख जनावर घोरलको बासस्थान नष्ट भएको छ ।
झट्ट हेर्दा बाख्राजस्तो देखिने महाभारत पर्वत शृङ्खलाको चुरे पहाडको भीरपाखामा पाइने घोरलको लागि डढेलोका कारण बासस्थान र चरनको अभाव भएको हो । डढेलोसँगै गाउँतिर निस्केका घोरलको शिकारसमेत बढ्न थालेको छ ।
नवलपरासीको धौवादी गाविसको वागखोर, देउराली गाविस–८ को पाहारे वसेनी र पाल्पा जिल्लाको झिरुवासको सार्की डाँडामा घोरल अत्यधिक मात्रामा देखिने गर्दछ । समुद्रको सतहदेखि पाँच÷छसयदेखि एक हजार २०० मिटरसम्मको उचाइको भीरला खाली डाँडा घोरलको बासस्थान हो । पूर्वपश्चिम लोकमार्गदेखि लगभग १३ किमी उत्तरमा यो क्षेत्र पर्दछ ।
लोपोन्मुख जनावर घोरलको संरक्षण गर्न महाभारतको क्षेत्रलाई घोरल संरक्षण क्षेत्र घोषणा गरी स्थानीय समुदाय संरक्षणमा लागिपरेको भए पनि डढेलो नियन्त्रण गर्न नसक्दा संरक्षणमा समस्या भएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी