Wednesday, May 23, 2012

‘एसएलसीको नतिजा ढिलो आउने’

भरतपुर । यसवर्षको एसएलसी परीक्षाको नतिजा असारको दोस्रो हप्तामात्रै आउने भएको छ ।
निरन्तरको बन्द र हडतालका कारण उत्तरपुस्तिका परीक्षण गर्न र परीक्षण सकिएका उत्तर पुस्तिकालाई परीक्षा नियन्त्रण कार्यालयसम्म पु¥याउन अवरोध भएकाले ढिलो हुने भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।
गत वर्ष असारको ६ गते एसएलसीको नतिजा आएको थियो । विभिन्न जिल्लामा अझै बन्द जारी रहेकोले उत्तर पुस्तिका ल्याउन अझै ढिलाइ भएर समस्या पर्ने उहाँको भनाइ छ । प्रहरीको स्कर्टिङमा भएपनि जति सक्दो छिटो उत्तर पुस्तिका ल्याएर परीक्षाफल प्रकाशित गर्न प्रयास गरिने रेग्मीले बताउनुभयो ।
यस वर्ष देशभरका ५ लाख २८ हजार २५७ विद्यार्थीले एसएलसी दिएका छन् भने चितवनबाट १३ हजार ९९ जना विद्यार्थी सहभागी भएका छन् 

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी