विधुर ढकाल
नारायणगढ । लगातारको बन्दका कारण आजित सर्वसाधरणहरु बन्द खुलेको हल्लासँगै आफ्नो गन्तव्यका लागि बुधबार निस्किए पनि बन्द यथावत रहँदा सास्ती व्यहोरेका छन् ।
आदिवासी जनजाति संघर्ष समितिले आह्वान गरेको नेपाल बन्द फिर्ता भएपनि थारु संयुक्त संघर्ष समितिले गरेको तराईका जिल्लाबन्दका कारण बुधबार पनि चितवन भएर चल्ने लामो दूरीका यातायातका साधनहरु चल्न नसक्दा सर्वसाधारणहरु मर्कामा परेका हुन् ।
काठमाडौंमा बन्द खुलेको सुनेर हिँडेका मुलुकका पूर्वी तथा पश्चिम क्षेत्र जाने यात्रुहरु चितवनको आँपटारी तथा रामनगरमा अलपत्र परेका थिए । ‘काठमाडांैमा बन्द खुल्यो भनेर हिँडेको तर यहाँभन्दा अगाडि जाँदैन रे’, हेटाँैडाका सुरेश अर्यालले भने ।
हेटौँडासम्मको भाडा तिरेको बताउने उनी चितवनको आँपटारीबाट बस अगाडि नबढेपछि भाडा फिर्ता मागिरहेका थिए । सर्वसाधारणलाई यसरी दुःख दिएको प्रति बन्दकर्ता तथा दलका नेताहरुप्रति आक्रोश पोख्दै उनले भने, ‘जनतालाई दुःख दिएर उनीहरुले के चाहेका हुन् ?, उनीहरुलाई पनि सत्ता चाहिएको हो, सर्वसाधारणलाई दुःख दिएर कुर्सीको लागि उनीहरु लडेका हुन् ।’
साँढेको जुधाइ भेडाबाख्राको मिचाइजस्तो नेताहरुको स्वार्थको लडाइँमा जनताहरु परेको उनेको भनाइ थियो । यता, यातायातका साधन नचलेपछि धादिङको बेनीघाटदेखि भरतपुरको आँपटारीसम्म हिँड्दै आइपुगेका खैरहनी पर्साका कृष्णराज सिलवालको पनि उस्तै आक्रोश थियो ।
जेठको चर्काे गर्मीमा दूई जना बच्चासँग हिँड्दै गरेका उनले भने, ‘जनतालाई कतिको दुःख भएको छ, यो नेताहरुले बुझ्ने भए यस्तो हुने नै थिएन नि, खाली आफ्नो स्वार्थ र कुर्सीको लागि लड्नमै उनीहरुलाई ठीक्क छ ।’ हुनेले त बन्द भयो, होटलमा बस्लान रे नहुनेले के गर्ने ? सिलवालको प्रश्न थियो ।
उनले भने, ‘ज्यादै गर्मी भयो, रिक्सामा जाँउ न त भनेर सोधेको यहाँबाट पर्सा पुगेको सात सय रुपैयाँ रे, आफूसगँ जम्मा ढाई सय छ कसरी जाने ?’ यसरी काठमाडौं तथा पहाडी जिल्लाबाट चितवन भएर मुलुकका अन्य भागमा हिँडेका यात्रुहरु तराई बन्दका कारण चितवनको आँपटारीमा दिनभर अलपत्र अवस्थामा भेटिएका थिए ।
काठमाडौंमा आफ्ना श्रीमान्सहित आएकी अन्दाजी ६० वर्षीय तिलादेवी पन्तले भनिन्, ‘यहाँसम्म त आइयो, अब घरसम्म कसरी पुग्ने रिक्सा भाडा पनि कति महँगो रहेछ ।’

No comments:
Post a Comment
Thanx for your comment