Wednesday, May 23, 2012

अमिताभको हलिउड फोटो



भारतीय अभिनेता अमिताभ बच्चनले अभिनय गरेको हलिउड फिल्म 'द ग्रेट ग्यास्बे'को पहिलो फोटो सार्वजनिक भएको छ। आफ्नो फोटो बाहिर आएपछि अमिताभले अस्ट्रेलियाली फिल्म निर्देशक ब्याज लुहरम्यान र अभिनेता लियोनार्दो डिक्याप्रियोसँग काम गर्दाको अनुभव उल्लेखनीय रहेको बताएका छन्। फिल्म निर्माता स्टुडियो वार्नर ब्रोसले मंगलबार सार्वजनिक गरेको फोटोमा ६९ वर्षीय अमिताभलाई लियोनार्दो र पूर्व स्पाइडरम्यान टबी म्याग्वेरसँग बसेको देख्न पाइन्छ।
अमिताभले यहुदी मूलका मेयर वोल्फसिम नामक पात्रको भूमिका निर्वाह गरेका छन्।

अमिताभले फिल्ममा आफ्नो भूमिका छोटो भएको बताए पनि फिल्मका निर्माताले भने ट्रेलरमा पनि अमिताभ छाउने दावी गरेका छन्। फिल्मको ट्रेलर बुधबार रिलिज हुनेछ।

'फिल्मको बारेमा धेरै बोल्ने छुट मलाई छैन, सम्झौतापत्रले मलाई बाँधेको छ, तैपनि निर्देशक लुहरम्यान, अभिनेताहरु लियोनार्दो र टबी एकदमै प्रभावशाली व्यक्तित्व हुन्, काम गर्दा राम्रो अनुभव रहयो,' अमिताभले भने। हलिउड फिल्मकर्मीहरुको व्यावसायिकता र लगनशीलताको तारिफ गरे उनले।

अमेरिकी लेखक एफ स्कट फिजराल्डको क्लासिक उपन्यासमा आधारित फिल्ममा सन् १९२२ तिरको परिवेश छ। शीर्षपात्र ग्यास्बेको जिम्मेवारी लियानार्दोलाई दिइएको छ।

निर्देशक ब्याज लुहरम्यानले यसअघि 'स्ट्रिक्टली बलरुम', 'रोमियो जुलियट' 'मुलान रुज' र 'अस्ट्रेलिया' फिल्म निर्देशन गरेका थिए। 'द ग्रेट ग्यास्बे' आउँदो डिसेम्बर २५ मा रिलिज हुनेछ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी