भरतपुर । सिराहामा भएको भीषण आगलागीबाट पीडित भएकाहरुलाई इन्टरनेशनल मनी
एक्सप्रेस आईएमई प्रालिले राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।
आगलागीपीडित सम्पूर्ण परिवारलाई आईएमईले तीन लाख रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरेको नारायणी अञ्चल प्रमुख सुरज पौडेलले बताउनुभयो । कार्यक्रममा क्षेत्रीय प्रमुख सुवास केसी, नारायणी अञ्चल प्रमुख सुरज पौडेल, सगरमाथा अञ्चल प्रमुख अशोककुमार यादव र जनकपुर अञ्चल प्रमुख पदम दाहालले अग्निपीडित परिवारलाई राहत वितरण गर्नुभएको थियो ।
राहत वितरणसँगै आईएमईलेस्थानीय राहत संकलनसमितिलाई थप खाद्यान्न सामग्री हस्तान्तरण गरेको पनि नारायणी अञ्चल प्रमुख पौडेलले बताउनुभयो । देशका विभिन्न भागमा भएका प्रकोप र बिपत्तिमा परेकाहरुलाई आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सहयोग गर्दै आइरहेको प्रमुख पौडेलको भनाइ छ ।
यही जेठ २ गते भएको आगलागीबाट सिराहाको औरही गाविस वडा नम्बर ३, ४, ५, ६ र ७ को ठूलो बस्ती नै सखाप भएको थियो । पाँच सयभन्दा बढी घर जलेको सो आगलागीमा परी दुइ महिने एक शिशुको मृत्यु भएको थियो भने कैयौँ चौपाया जलेर मरेका थिए ।

No comments:
Post a Comment
Thanx for your comment