Monday, May 21, 2012

मजदुर आयोग गठनको माग

नारायणगढ । अखिल नेपाल ट्रेड युनियन महासंघ जिल्ला समन्वय समिति चितवनले प्रधानमन्त्रीसमक्ष पुग्ने गरी जिल्ला प्रशासन कार्यालयमा १४ बुँदे मागसहितको ज्ञापनपत्र बmुझाएको छ ।
ज्ञापनपत्रमा मजदुर पक्षीय श्रम ऐन निर्माणका साथै शक्तिशाली राष्ट्रिय मजदुर आयोगको गठन गर्न माग गरिएको छ । त्यस्तै नीति निर्माण तहमा मजदुरहरुको संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने, मजदुरहरुको सर्वाङ्गिण विकास गर्ने गरी छुट्टै मन्त्रालयको व्यवस्था गर्नुपर्ने, पेन्सनको व्यवस्था हुनुपर्ने माग पनि ज्ञापनपत्रमा छन् ।
त्यस्तै मजदुरबाट उठाइएको एक प्रतिशत कर खारेज गरिनुपर्ने, जनयुद्धमा राज्यद्वारा मारिएका मजदुर नेता तथा कार्यकर्तालाई उचित राहतको व्यवस्था गर्न पनि माग गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी