Wednesday, June 6, 2012

व्रेकिङ न्यूज ः नारायणगढ तनावग्रस्त


नारायणगण । राजस्व अनुसन्धान विभाग पुलचोक काठमाडौंको अनुसन्धान टोलीले नारायणगढका सहिदचोकमा रहेको लक्ष्मीनारायण कपडा पसलमा छापा मारी पसललाई सिल हान्न खोजेपछि स्थानीय व्यवसायी र प्रहरी वीच झडप हुँदा नारायणगढ बजार तनावग्रस्त बनेको छ ।
काठमाडौंबाट आएको टोलीले विहान आठ बजे पसललाई सिल गरेपछि आक्रोशित बनेका स्थानीय व्यापारीले टोली विरुद्ध नारावाजी गर्दै करिब ४ घण्टा घेराबन्दीमा राखेका थिए । प्रहरी र प्रर्दशनकारीवीच झडप हुँदा करिव १ दर्जन पर्दशनकारी तथा सर्वसाधरण घाइते भएका छन् ।
यसैवीच प्रदर्शनकारीले विभागको बा१झ ९१३५ नं. भ्यान तथा सहिदचोक गणेश हल अगाडिको प्रहरी विट समेत आगो लगाई जलाइदिएका छन् । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन दर्जनौँ सेल अश्रुग्यास हानेको थियो ।
चितवनमा यतिखेर गृहसचिव सहित आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जमघट रहेको छ । अहिले स्थीतिलाई नियन्त्रणमा लिन तथा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर राख्दै जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रहरी कार्यालय भरतपुरमा बसिरहेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी