Tuesday, June 5, 2012

बैद्य पक्षले कांग्रेस-एमालेको आन्दोलनलाई समर्थन गर्ने


काठमाडौं । एकीकृत नेकपा माओवादीको बैद्य पक्षले बाबुराम भट्टराई नेतृत्वको सरकारविरुद्ध कांग्रेस-एमाले गठवन्धनले थालेको सडक आन्दोलनलाई समर्थन गर्ने भएको छ ।

मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बैद्य पक्षीय नेता देब गुरुङले सहमतिको सरकार बनाएर मुलुकलाई निकास दिने सर्तमा काग्रेस र एमालेको आन्दोलनलाई समेत समर्थन गर्ने स्पष्ट गर्नुभयो । सत्तामा टिकिरहने स्वार्थका कारण प्रधानमन्त्रीले संविधानसभा विघटन गरेको उहाँको आरोप छ ।

दलहरुलाई फुटाएर राज गर्ने राष्ट्रिय आत्मसर्मपणबादी विचार र शक्तिकेन्द्रको आडनमा संविधानसभाविरुद्ध षड्यन्त्र भएको नेता गुरुङले भन्दै राजनीतिक रुपमा राष्ट्रिय सहमति नभएसम्म मुलुकले निकास नपाउने दावी गर्नुभयो । उहाँले सरकारले घोषणा गरेको निर्वाचनबाट मुलुकले निकास नपाउने भन्दै बृहद राजनीतिक सम्मेलन गरेर निकास खोज्नु पर्ने बताउनु भयो ।

शान्ति र सविधानको बाटोमा हिड्ने नेतृत्वको लाईन असफल प्रमाणित भइसकेको भन्दै नेता गुरुङले लाईन नै परिवर्तन नगरेसम्म पार्टी एकीकरण हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’आत्मसमिक्षा गरेर गल्ती स्विकारेर लाईन परिवर्तनगरे एकता सम्भव छ । गल्ती नमानेर पार्टी फुट्छ । यसलाई कसैले पनि रोक्ने सक्दैन ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी