Sunday, July 15, 2012

१ खर्ब ६१ अर्बको तृतीयांश बजेट सार्वजनिक


काठमाडौं । सरकारले १ खर्ब ६१ अर्ब २ करोड ४८ लाखको एक तृतीयांश अध्यादेश बजेट सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले आर्थिक अध्यादेश जारी गरेपछि अर्थमन्त्री वर्षमान पुन अनन्तले पत्रकार सम्मेलन गरी बजेट सार्वजनिक गर्नुभयो ।
बजेटमा निर्वाचन खर्च ३ अर्ब छुट्याइएको छ । सरकारले आगामी मंसिर ७ गते संविधानसभाको अर्को निर्वाचन गर्ने घोषणा गरेको छ । तर, विपक्षी दलहरुले भने सरकारको घोषणा असंबैधानिक भएको भन्दै हुन नसक्ने बताउँदै आएका थिए ।
लडाकू समायोजनपछि बन्ने बजेटमा सेनाको राष्टिय विकास तथा सुरक्षा महानिर्देशनालय खर्च ३ अर्ब छुट्याइएको छ भने स्वच्छिक अबकासका लागि ३ अर्ब ६९ करोड १३ लाख रहने उल्लेख छ । सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेपनि विपक्षीहरुले विरोध गरेपछि सरकारले तृतीयांश बजेट ल्याएको हो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी