Sunday, July 15, 2012

नवलपरासीमा भएको बस दुर्घटनामा ३९ को मृत्यु


नवलपरासी, असार ३१ - नवलपरासीमा आइतवार दिउँसो बस दुर्घटना हुदा ३९ जनाको ज्यान गएको छ । भारतीय सिमा क्षेत्र झुलानीपुरबाट त्रिबेणीका लागि बोलबम यात्रुहरु लिएर छुटेको लु १ ख २३ ५६ नम्बरको बस नवलपरासीको कुडिया र त्रिवेणीको बिचमा पर्ने रानीनगर नजिकैबाट गण्डक नहरमा खसेको हो । 
दुर्घटनामा घाइते भएकाहरुले चालकले रक्सी खाएर बस चलाएको कारण दुर्घटना भएको जानकारी दिएका प्रहरीले जनाएको छ । बस अत्याधिक यात्रुको भारका कारण बस नहरमा खसेको प्रहरीले जनाएको छ । त्रिबेणी प्रहरीका अनुसार लु १ ख २३५६ नम्बरको  बसमा करिब एक सय ५० जना  सवार रहेका थिए ।
दुर्घटनामा परी बसका सहचालक शशी क्षेष्ठको ज्यान गएको छ भने चालक बिष्णु गुरुङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना परी घाईते भएका २९ जना मध्ये १० जनाको अबस्था गम्भीर भएकाले उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा लगिएको  स्थानीयबासिन्दा हमेन्द्र कार्कीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा २८ पुरुष, १० महिला  र एक बालिका छन् । ३ जना नेपाली हुन् भने अर सवै भारतीय नागरिक हुन् ।
मृतकहरुमा नवलपरासी माकर गाबिसकी यसोधा जिसी, त्रिबेणीसुस्ता ५ बस्ने गफुर अन्सारी र बसका सह चालक शशी श्रेष्ठ रहेका प्रहरीले जनाएको छ ।
मृतकमा भारत निचलौलका ३० बर्षीय भिम यादब, सोही ठाँउका ३० बर्षीय हल्लु मधेशीया २९ बर्षीय नरशिह यादब, ३० बर्षीय राम पटेल ,भारत कपीयाका ३० बर्षीय भारत ठुटीबारीका  केशब प्रजापति १५ बर्षीय मनिष पटेल , राकेश यादब , दिपेन्द्र प्रजापति , २० बर्षीय अजय बर्मा रहेका छन ।

त्यस्तै भारत निचलैलका गोपाल गुप्ता, टितौनाका सुसिलाराम दुलारे , ५० बर्षिय प्रेमी फजेदार , अयोध्या भेडियार , श्याम कुमारी भेडियार , दुसौता भेडियार , ३० बर्षीयय बन्धन ताल २४ बर्षीय मुन्नु सुनार भारत महाराजगंन्जका केशब कोहार , भारतकै १५ बर्षीय बैजनाथ उर्फ उल्लु भारतका धर्मराज चमार धिरज यादब ,चिनकी चमार, सोनु कुशवाह , भारत बरगवाका बब्लु कडौनिया भारतकै काग्रेस यादब , भारत जमुकलीका सोनिया अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी