Wednesday, July 11, 2012

थाइल्यान्डमा लुम्बिनी भ्रमण वर्षको प्रचारप्रसार

बैँकक । लुम्बिनी भ्रमण वर्ष २०१२ को प्रचार प्रसारमा टेवा पुर्‍याउने उद्देश्यका साथ नेपाली राजदूतावास, बैंककले पर्यटन प्रवर्द्धन सम्बन्धी एक भव्य कार्यक्रम गरेको छ । दूतावासले शनिवार थाइल्याण्डको पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण फतया शहरमा कार्यक्रम गरेको हो । खासगरी बुद्धको जन्मथलो लुम्बिनीका वारेमा प्रचारप्रसार गरी नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लुम्बिनी भ्रमण वर्ष तथा लुम्बिनी सम्बन्धी सुचनाहरु लेखिएका बिभिन्न ब्यानरहरु समाएर तथा भगवान वुद्धको मुर्ति समेतले गाडीलाई सजिसजाउ पारेर शहर परिक्रमा गरिएको थियो ।
राजदूतावासका पदाधिकारीहरु, एनआरएन तथा थाइ नेपाली संघका पदाधिकारीहरु तथा नेपालबाट आएका सांस्कृस्तिक टोलीका कलाकारहरुले लुम्बिनी भ्रमण वर्ष लेखिएका तथा लुम्बिनी भ्रमण बर्षको लोगो राखिएका टिशर्टहरु तथा अन्य नेपाली भेषभुषाका पोशाकहरु पैरिएर सास्कृतिक कार्यक्रमका साथ शहर परिक्र गरेका थिए । व्यस्त शहरमा करिब २ किलोमिटर पैदल यात्रा गर्दा नेपालबाट आएको सास्कृतिक टोलिले बाजाघाजाका साथ नाचगान गर्दै लामबद्ध भएर शहर परिक्रमा गर्दा स्थानीय निकायबाट सडक उपलब्ध गराउने तथा सुरक्षा प्रदान गर्ने लगायत उल्लेख्य सहयोग गरिएको थियो । उक्त कार्यक्रम उत्सुकताका र कौतुहुलका साथ ठूलो जनसमूदायले हेरेको थियो र स्थानीय पत्रकार, जनसमूदाय, पर्यटकहरुबाट फोटो तथा भिडियो खिच्न त घुइचो लागेको थियो । लुम्विनी विकास कोष र एनआरएन थाइल्याण्डले लुम्बिनी भ्रमण वर्ष २०१२ उल्लेखित लोगो समेत राखेको टिसर्ट उपलब्ध गराएका थिए ।
परिक्रमाको कार्यक्रमपछि कार्यक्रममा आमन्त्रण गरिएका थाईल्याण्डका पत्रकारहरु, ट्राभल ब्यबशायीहरु, गैरआवासिय नेपाली संघका प्रतिनिधिहरु, थाइ नेपाली संघका प्रतिनिधिहरु लगायत अन्य नेपाली तथा थाइ नागरिकहरुको ब्यापक उपस्थिती रहेको उक्त अवशरमा उपस्थित पाउनाहरुलाई स्वागत गर्दै थाइल्याण्डकालागि नेपाली कार्यवाहक राजदूत डोरनाथ अर्यालले गौतम बुद्धको जन्मस्थल लुम्विनी नेपाल र थाइल्याण्डको धार्मिक तथा साँस्कृतिक सम्बन्धको प्रतिक भएको कुरा ब्यक्त गर्दै बिश्वका बुध्द धर्मप्रति आस्थावान ब्यक्तिहरुका लागि लुम्बिीनी एक प्रसिद्ध धार्मिकस्थल भएको बताउनुभएको थियो । उहाँले लुम्बिनी भ्रमण वर्ष २०१२ मनाउनुको मूल उद्धेश्य बुद्धका सन्देशहरुको माध्यमवाट बिश्वलाई एकताबद्धगरी एक शान्त समाजको निर्माण गर्ने भएको कुरामा बताउनुभयो ।
 एनआरएन थाइल्याण्डका अध्यक्ष मनोज राना र उपाध्यक्ष धर्मेन्द्र सुवेदीले यस प्रकृतिको पहिलो कार्यक्रम गरिएकोमा राजदूतावासलाई धन्यवाद दिंदै नेपालको पर्यटनको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा एक्सप्लोर नेपालवाट बीरेन्द्रराज जोशीको नेतृत्वमा आएको आठ सदस्यीय सँस्कृतिक टोलीले नेपालको संस्कृती झल्किने बिभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी