Sunday, July 15, 2012

हतियारधारीद्वारा लुटपाट

कावासोती । आइतबार बिहान नवलपरासीको प्रगतिनगर–३ को एक घरमा हतियारधारीको एक समूहले गरगहना र नगद लुटेर लगेको छ ।
प्रहरीका अनुसार बिहान ३ बजेतिर राजेन्द्र श्रेष्ठको घरबाट बाला, सिक्री, औँठी, लगायतका गरगहना र एक लाख १७ हजार नगद लुटिएको हो ।
नकाब लगाएर आएका उनीहरूले घरमा रहेका श्रेष्ठ र उहाँकी श्रीमतीलाई नियन्त्रणमा लिएर करिब १२ तोला सुन र नगद लुटेको प्रहरीले जनाएको छ । पूर्वपश्चिम राजमार्गको नजिकै रहेको घरमा बिहानपख भएको लुटपाटमा संलग्नको खोजी तीव्र बनाइएको इलाका प्रहरी कार्यालय कावासोतीका प्रहरी निरीक्षक उमेश लम्सालले बताउनुभयो । रासस


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी