Sunday, July 15, 2012

विभिन्न दुर्घटनामा २७ घाइते

भरतपुर । चण्डिभन्ज्याङ गाविस वडा नम्बर ६ स्याउलीबजारमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
सो दुर्घटनामा कास्कीका ४९ वर्षीय झलकबहादुर गुरुङ र ४४ वर्षीय जंग गुरुङ घाइते भएका छन् ।
त्यस्तै भरतपुरको चौबीसकोठीमा लु. १ ख ६६७१ नम्बरको बसबाट खस्दा भरतपुर १० मा छाहारी होटल सञ्चालन गरी बस्ने २८ वर्षीय दिल्लीप्रसाद कँडेल घाइते भएका छन् ।
यस्तै माडीकोे बघौडा गाविस वडा नम्बर २ मा मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री ५० वर्षीय दिरधारी महतो र उनकी नातिनी २ वर्षकी गरिमा घाइते भएका छन् ।
त्यस्तै मकवानपुरको मनहरीमा आइतबार दिउँसो साढे १२ बजे बस पल्ँिटदा २२ यात्रु घाइते भएका छन् । नारायणगढबाट धरानका लागि छुटेको ना. ४ ख ४५५४ नम्बरको बस राजमार्गबाट करिब ४५ फिट तल खसेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उद्दार गरी उपचारका लागि भरतपुर ल्याइँदै छ । मोडमा अनियन्त्रित भई बस पल्टेको चालकले बताएका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी