Sunday, July 15, 2012

होटेलको म्याद आज सकिँदै

भरतपुर । आज सोमबारबाट चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका होटलहरुको म्याद सकिँदै छ ।
सरकारले होटलको म्याद नथपेपछि निकुञ्जभित्र रहेका होटलहरु बाहिर निस्कने तयारी गरेका छन् । सरकारले अन्तिम पटकका लागि भनेर वि. सं. २०६६ सालमा तीन वर्Èका लागि थपेको म्याद सकिएकोे हो । यसअघि बेला बेलामा होटल संचालक, उद्योग वाणिज्य महासंघलगायतका संघ संस्था म्याद थपको आग्रह गर्दै प्रधानमन्त्रीलाई समेत भेटेका थिए ।
निकुञ्जभित्र होटल सञ्चालन गर्दा वातावरण र वन्यजन्तुको वासस्थानमा नकारात्मक असर पर्ने भन्दै होटल सार्न वर्Èौदेखि आवाज उठ्दै आएको थियो । वि.सं. २०६३ साल भदौमा तयार गैंडा संरÔण कार्ययोजनाले होटल रहेको Ôेत्र संवेदनशील ठाउ“ भएकाले बाहिर स्थानान्तरण गर्न सिफारिस गरेको  थियो ।
अन्तिम पटकका लागि थपेको म्याद सकिने भएपछि चितवन निकुञ्जका प्रमुख संरÔण अधिकृत झमकबहादुर कार्कीको संयोजकत्वमा बनेको समितिले होटल बन्द भएपछि सञ्चालकले लान पाउने नपाउने सामानहरुको सूची समेत बनाएको छ । लान मिल्ने सामान निकाल्न निकुञ्जले कार्तिकसम्मको समय दिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी