Monday, August 27, 2012

मजदुरको आन्दोलन एक दिन स्थगित

परासी । नवलपरासीमा रहेको चौधरी ग्रुपअन्तर्गत सञ्चालित सनगोल्ड ब्रुअरी प्रालिमा कार्यरत मजदुरले तलब तथा सुविधा वृद्धिको माग गर्दै सुरू गरेको आन्दोलन एक दिनका लागि स्थगन गरेका छन् ।
उद्योग व्यवस्थापनले मजदुरको मागका विषयमा छलफल गर्न समय माग गरेकाले एक दिनका लागि आन्दोलन स्थगन गरेको मजदुर नेता तथा नेपाल कारखाना श्रमिक सङ्घ सनगोल्ड बु्रअरी ईकाईका कोषाध्यक्ष गङ्गाधर सुवेदीले बताउनुभयो । उद्योगमा हाल ११६ जना कर्मचारी कार्यरत छन् ।
यसअघि उनीहरुले सोमबारसम्मको समयसीमा दिँदै माग पूरा नभए उत्पादन ठप्प पार्ने चेतावनी दिएका थिए । सेवा सुविधा वृद्धिको माग राख्दै एक सातादेखि मजदुरहरू चरणबद्ध आन्दोलनमा छन् ।
विसं २०५० मा दर्ता भई विसं २०५३ देखि उत्पादन सुरू गरेको ब्रुअरीले अहिले दैनिक पाँच हजार कार्टुन बियर उत्पादन गर्दै आएको छ । मजदुरले विगत १६ वर्षयता पहिलो पटक उद्योग व्यवस्थापनसमक्ष सेवा सुविधा वृद्धिको माग पेस गरिएको दावी गरे । तर उद्योग व्यवस्थापनले नियमअनुसार सेवा सुविधा उपलब्ध गराउँदै आएको दावी गरेको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी