चलचित्र आलेख
‘भविष्यमा नेपाली चलचित्रमा नयाँपन ल्याउने सोच छ मेरो । म शिव रेग्मीजस्तै
सफल निर्देशक भएर चलचित्रमा उदाउन चाहन्छु । मसँग सबै खुबी छ तर पनि मेरो
मर्मलाई अहिलेसम्म कसैले बुझेनन्’– विगत ६÷७ वर्षदेखि मोफसलमा आफ्नो
निर्देशन कला देखाएर मोफसलकै कान्छा निर्देशकको ताज पहिरिन सफल २२ वर्षीय
पप्पु रौनियारको भनाइ हो यो ।
बाबा गौरीशंकर र प्रभावतीदेवीका सात सन्तानमध्ये पाँचौँ सन्तान हुन् पप्पु ।
कक्षा १० सम्म अध्ययन गरेका पप्पुलाई पढाइभन्दा चलचित्रतिरको भूत लागेपछि
उनले एउटा निष्कर्ष निकाले । उनले भन्छन्– ‘मेरो भविष्य चलचित्र क्षेत्रतिर
नै छ । मलाई पढाइलेखाइभन्दा पनि यसै क्षेत्रले अगाडि बढाउन मद्दत गर्दछ ।’
यस्तो सोच लिएपछि उनले आफ्नो पढाइलाई चटक्क माया पनि मारे अनि पुगे
चितवनको एक स्थानीय बेसो च्यानलको ढोका ढकढक्याउन । जब उनी त्यहाँ पुगे,
जम्मा उनको उमेर १३ वर्षको थियो । त्यति बेला राम नेपालले स्थानीय
कलाकारलाई लिएर टेलिचलचित्र बनाइरहेका थिए, जहाँ त्यो टेलिफिल्मको सुटिङ
हुन्थ्यो । उनी त्यहाँ पुगेर राम नेपालको कामलाई नियालिरहेका हुन्थे ।
उनको मनले चिताएको नै बेसो च्यानलले पूरा गरिदिने भयो । जब बेसो च्यानलमा ‘तिल्के माया झिल्के’को अडिसन दिन पुगे, जहाँ उनी पास भएर एउटा सानो कमेडी रोलमा आफ्नो अभिनय देखाउन सफल भए, जसमा राम नेपाल नै निर्देशक थिए । उनले आफूसँग भएको खुबी पनि त्यहाँ प्रस्तुत गर्ने आधार बन्यो । उनले त्यसै टेलिचलचित्रमा राम नेपालको सहयोगी बनेर काम गर्ने अवसर पाए ।
तुरून्तै तिलक नेपालद्वारा निर्मित ‘इन्द्रधनुष’मा सहनिर्देशक भएर काम गरेपछि उनले अझसम्म पछाडि फर्केर हेर्नु परेको छैन । ‘इन्द्रधनुष’को सहनिर्देशक भएता पनि उनी एक्लैले त्यसको काम सके र मोफसलमा ‘इन्द्रधनुष’ राम्रो भएपछि उनलाई मोफसलका टेलिचलचित्रका निर्माताबाट अफर आउन थाल्यो ।
एकाएक गर्दै ‘भावना’, ‘परिवर्तन’, ‘मेरो दसैँ हाम्रो दसैँ’, ‘सिरिन्ज’जस्ता सामाजिक घटनाप्रधान टेलिचलचित्र सकेका छन् उनले, जुन मोफसलमा हिट पनि भयो । त्यसपछि उनी शंकर घिमिरेको चलचित्र ‘तुलसी’मा सहायक निर्देशक भए । अहिले चलचित्र ‘लफडा’मा सहनिर्देशन र ‘दि रेन्ज’को संवाद पनि लेखिरहेका छन् ।
उनलाई निर्देशकमात्र भएर चित्त बुझेन छ, उनी अहिले कथा÷पटकथा अनि संवादमा पनि खुब रूचि राख्ने गर्दछन् । पहिला–पहिला उनी स्कुल जाने निहुँमा भागेर कहिले नगरवन त कहिले टिकौली जंगलको कुनामा बसेर चलचित्रको स्क्रिप्ट तयार गर्ने गर्दथे । उनले आफूले लेखेका स्क्रिप्ट शिव रेग्मी अनि किशोर चौधरीलाई समेत देखाउन भ्याएछन्, जसबाट उनले राम्रो प्रतिक्रिया पनि पाए । उनका २ वटा स्क्रिप्टका केही अंश शिव रेग्मीको सफल चलचित्र ‘ए मेरो हजुर’मा प्रयोग भएको बताउँछन् उनी ।
‘म कक्षामा सबैभन्दा चकचके थिएँ । कक्षामा सर नभएको बेलामा नाना पाटेकर, राजेश हमालको कपी गरेर सुनाउने गर्दथेँ, जहाँ साथीहरुले पनि मलाई राम्रो गर्छस् भनेर ढाडस दिने गर्दथे । म बालकुमारी उच्च माविमा हुने हरेक नाटकमा भाग लिने गर्दथेँ’– पप्पु भन्छन् । चमेलीदेवी पिया निम्न माध्यमिक विद्यालयले आयोजन गरेको नाटकमा उनी प्रथम पनि हुन सफल भए ।
उनको बुझाइमा पछिल्लो चरणमा आएका दुई नेपाली चलचित्र ‘लुट’ र ‘चपली हाइट’ले राम्रो व्यापार ग¥यो । चलचित्रहरु पनि स्तरीय नै थिए तर त्यसपछिका चलचित्रले ती चलचित्रका नकारात्मक पक्षमात्र लिए तर त्यसका सकारात्मक पक्षहरु कसैले लिन चाहेनन् । उनी थप्छन्– ‘नेपाली चलचित्रमा कुनै नयाँपन छैन । सामाजिक चिरफार गरेर अहिलेसम्म कुनै चलचित्र बन्न सकेको छैन । नेपाली चलचित्र बढी भारतीय चलचित्रबाट प्रभावित छन् । कसैले आफ्नो मौलिकतालाई लिन सकेका छैनन् । भविष्यमा म मौलिक प्रकारको चलचित्रमा काम गर्नेछु र नेपाली चलचित्रको उदयीमान निर्देशक पनि बन्नेछु ।’
पप्पु रौनियारका बाबु कवाडी व्यवसायी हुन् । कवाडी व्यवसायी भएता पनि पप्पु कवाडी व्यवसायमा बाबुलाई साथ दिँदै चलचित्रको काम गर्ने गर्दछन् । बाबुआमा अनि परिवारको पूरा सपोर्ट छ उनलाई । हाल उनलाई भोजपुरी चलचित्रका सफल निर्देशक समीरकुमार जोशीले भोजपुरी चलचित्र ‘सुहाग विनाके सिन्दूर’को निर्देशनका लागि बोलाएका छन् । भदौको दोस्रो हप्ताबाट उनी भोजपुरी चलचित्र निर्देशनका लागि बम्बई प्रस्थान गर्नेछन् ।
उनी थप्छन्– ‘म बम्बई गएर त्यहाँको काम गर्ने शैली सबै सिकेर नेपाली चलचित्रमा त्यसको भरपूर उपयोग गर्नेछु । म भविष्यमा सामाजिक विषयवस्तुलाई उठान गरेर एउटा चलचित्र बनाउने छु, जसले नेपाली चलचित्रमा नयाँ आयाम थप्न सकोस् र नेपाली चलचित्रमा निर्देशक पप्पु रौनियारको छुट्टै पहिचान बनोस् । यही मेरो चाहना छ ।’ निकट भविष्यमा सफल निर्देशक बनून् पप्पु रौनियार, मेरो पनि हार्दिक बधाई छ उनलाई ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete