Friday, August 3, 2012

विद्यार्थीद्वारा अनुभव आदानप्रदान

भरतपुर । कृषि र पशु विज्ञान अध्ययन सस्थान रामपुरमा सञ्चालित आईपीएम विद्यार्थी पाठशाला समापन भएको छ । सो पाठशालामा फिल्डमा सिकेका सिकाइहरुलाई शुक्रबार एक कार्यक्रमका बीच विद्यार्थीहरुले रामपुरमा अनुभव आदानप्रदानसमेत गरेका छन् ।
कृषि क्याम्पस रामपुरका प्रमुख श्यामसुन्दर पन्त प्रमुख अतिथि रहनुभएको सो कार्यक्रममा बाली संरक्षण निर्देशनालयका निर्देशक युवकध्वज जीसीले विषादी प्रयोग गर्नुभन्दा जैविक विधिबाट कृषिमा उपचार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थानका सहायक डिनद्वय प्राध्यापक डा. रेशमबहादुर थापा , प्राध्यापक डा.सन्तमान शाक्य, आईपीएमका तारा लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सो पाठशालामा क्याम्पसका ६० जना विद्यार्थीले चार महिनासम्म अध्ययन गरेका थिए ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी