Saturday, April 13, 2013

नयाँ वर्षको स्वागतमा उस्तै तयारी गर्दै छु

हरेक वर्षमा झैँ
यस वर्ष पनि उस्तै तयारी
गर्दै छु म
बजारबाट नयाँ पात्रो
खरिद गर्दै
चाहाना राखेर पात्रोसँगै
खुशी पनि खरिद गर्ने
तर विडम्बना
हरेक वर्ष मैले पात्रो किन्दा
पात्रो मात्र पाएँ
कहिलै खुशी पाइन
नयाँपन पाइन

पोहोर पनि नयाँ पत्रो किन्दा
यस्तै चाहन राखेको थिएँ
त्यो पुरा हुन सकेन्
तै पनि हरेश खाएको छैन्
र उस्तै तयारी गर्दै छु
सुन्दर सपनाहरु सझाएर
फेरी नयाँ उमंगको
नयाँ उल्लासको ।

शान्ति र सम्वृद्धि  कामनाका साथ
अघिल्लो वर्ष पनि
यस्तै तयारीका साथ
स्वागत गरेको थिएँ
नयाँ संविधान
नयाँ व्यवस्था
नयाँ पहिचानलाई पनि
स्वाग गर्न पाउने आशामा
स्वागत गरेको थिएँ नयाँ वर्ष
तर पुरा भएन
र पनि उही उत्साह
उही उमंगले
अहिले पनि स्वागतको
तयारी गर्दै छु
नयाँ वर्षलाई ।

पुरा हुनेमा
ढुक्क त छैन
तर पनि आशाको झिनो किरण
मनमा बालेर
नयाँ वर्षको आरम्भसँगै
नयाँ पात्रो भित्तामा झुण्डाउँदै छु
र कामना गरेको छु
यो वर्षले अघिल्लो वर्ष जस्तो
निरासा नदेओस
नयाँ व्यवस्था आओस
नयाँ संविधान आओस
नयाँ पहिचान पाइयोस
यही चाहना यही सपनाका साथ
स्वागत गर्दै छु
नयाँ वर्ष २०७० लाई पनि
जसरी २०६९ लाई गरेको थिएँ ।
जसरी अघिल्ला वर्षहरुलाई गरेको थिएँ ।
अघिल्ला चाहनाहरु पुरा भएनन्
तिनै अपूर्ण चाहनाहरु
पुरा हुने आशामा
स्वागत गर्दैछु नयाँ वर्षलाई 




No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी