अघिल्लो वर्ष नै लेखिएको यो लेख साठि घण्टाको गुप्तताका कारणले पोष्ट गर्न ढिलाई भएको हो ।
नयाँ वर्षको स्वागतमा यतिखेर सबै नेपाली लागिरहेका छन् । २०६९ साललाई अलबिदा गर्दै सम्पूर्णले नयाँ वर्षको स्वागत आफ्नै ढंगले गरिरहेका छन् । समयले गति लिएको हो भन्नुपर्छ, हिजो नयाँ वर्षमा फरक संस्कृति थियो र आज त्योभन्दा फरक छ । हिजो ग्रिटिङ कार्डहरुका पसलमा लामो भीड हुन्थ्यो, आज त्यो देखिँदैन । सुनसान देखिन्छन ती पसलहरु । आज देखिन्छन्, अनलाइनमा खोजिने कार्डहरु । शुभकामनाका शुभाशिष्हरु ।
यसले नयाँ वर्षलाई भर्चुअल बनाउँदै लगेको छ ।
जतिबेला फेसबुक खोले पनि नोटिसिफिकेसन आउँछ र भन्छ ‘... ह्याभ ट्याग यु टु... फोटो’
अझ धेरै भन्छ ‘... ह्याभ कमेन्ट इन दी फोटो, यु ह्याभ ट्याग इन’, ‘...ह्याभ लाइक दी फोटो, यु ह्याभ ट्याग इन’ । त्यति नै संख्यामा म्यासेज आएर बसेको भेटिन्छ,
नयाँ वर्षको शुभकामना दिएका । अझ कहिल्यै पनि अनलाइनमा
हुँदा हाई भन्दा पनि हेल्लो नफर्काउनेहरु यतिबेला नयाँ वर्षको शुभकामना दिन म्यासेज गरेका भेटिन्छन् । अझ अनलाइनमा आउन पाएको छैन, ‘ह्यापी न्यू इयर’ भनेर ठोकी हाल्छन् ।
अहिले सबैभन्दा सस्तो र सरल माध्यम बनेका छन्, शुभकामना आदानप्रदानका लागि फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरु । फेसबुकमा अनेकथरी शुभकामनाका शब्दहरु पोखिएका छन्, यतिबेला । नेपाल पत्रकार महासंघका चितवन शाखा उपाध्यक्ष दाजु रमेशकुमार पौडेलले फेसबुकमा चितवनका
विकट मानिने कान्दाको सूर्योदयको तस्बिर हालेर यस्तो शुभकामना
व्यक्त गर्नुभएको छ– ‘नयाँ वर्ष वि.सं. २०७० सालको हार्दिक मंगलमय शुभकामना छ । विकट गाउँ कान्दाको यो सूर्याेदयको रौनकझैँ होस् हाम्रो जीवन ।’
शुभकामनाका अनेकन शब्दहरु पोखिएको फेसबुकमा यस्तै अर्काे शुभकामना पोस्ट गरिएको छ– ‘धेरै जना नयाँ वर्षमा नयाँ कामको थालनी र नयाँ योजना बुन्ने तयारी गर्दैछन्, तर म भने नयाँ वर्षको अन्तिम दिन केही संकल्प र नयाँ तयारी गर्ने जालो बुन्दैछु !’ मेरा मित्र नवराज पाण्डेले ३१ गते शनिबार पोस्ट गर्नुभएको यो स्टाटस्ले नयाँ संकल्प र नयाँ तयारी गर्न थालेको संकेत दिएको छ । यस्ता संकेतहरु बग्रेल्ती पाइन थालेका छन्, नयाँ वर्ष लाग्नुभन्दा एक हप्ताअगाडिदेखि नै ।
आज कत्तिका भित्तामा नयाँ पात्रो फेरियो होला । नयाँ पात्रोले नयाँ दिनको सुरूवात गरायो कि गराएन ? नयाँ उत्साह र उमंग दियो कि दिएन ? त्यो सोच्नुपर्ने बेला भएको छ । देशको चिन्ता पनि यो वर्षमा पोखिएका छन् । दिइएका शुभकामनाहरु लागे कि लागेनन् ? मूल्यांकन गर्नुपर्ने भएको छ । फेसबुकमा लेट्स युनाइट रुपन्देही नामको एकाउन्टबाट यस्तो स्टाटस् पोस्ट भएको छ । ‘समयले के दियो नयाँ वर्षको उपलक्ष्यमा, आज सबैले मूल्यांकन गर्नुपर्ने बेला भएको छ । हरेक नयाँ वर्षमा दिइएका शुभकामनाहरु लागे कि लागेनन् ? एक पटक तराजुमा राखेर जोखाँै र मात्र नयाँ वर्षको शुभकामना दिऊँ । कसैले शुभकामना दिँदैमा सफल हुने पनि त होइन, तर शुभकामनाअनुरुप गर्ने र आफैँ पनि परिवर्तन हुने भएमात्र शुभकामना आदानप्रदान
गरौँ ।’ हो, साँच्चै हामीले कति
भयो होला यसरी शुभकामना आदानप्रदान गर्न थालेको ! नेपालीमा कतिवटा नयाँ वर्षहरु मनाइन्छन् तर हरेक नयाँ वर्षमा यी र यिनै शुभकामनाका शब्दहरु दोहोरिन्छन् । दिइएका आर्शीवादहरु कहिल्यै पनि पूरा भएनन् ।
‘देशमा शान्ति छाओस्, अमनचयनले बाँच्न पाइयोस्’ भनेर हामीले नयाँ वर्षमा भन्न थालेको कति भयो ? तर, कहाँसम्म नेपालमा शान्ति छाएको भान पाएका छाँै हामीले ! विक्रम संवत्को नयाँ
वर्ष, इस्वी संवत्को नयाँ वर्ष, नेपाल संवत् आदि नेपालमा गनिएका
नयाँ वर्षहरु हुन् । यिनका अलावा नेपालमा विभिन्न जातजाति र धर्मले फरक–फरक दिनमा नयाँ वर्ष मनाउँछन् । बुद्धधर्म मान्नेहरुले नयाँ वर्ष, त्यसभित्र पनि जातिगत आधारमा फरक–फरक दिन ल्होछारहरु मनाइन्छन् । मुस्लिम, इसाई, त्यस्तै थारु, किराँतलगायतका जातिहरुका अनुयायीहरुले पनि फरक दिनलाई नयाँ वर्षका रुपमा मनाउँदै आएका छन्, तर के ती सबै नयाँ वर्षमा दिइएका शुभ–शुभकामनाहरु पूरा भएका छन् त ?
आजभोलि नयाँ वर्ष प्रेमिल जोडीहरुका लागि डेटिङ बस्ने र माया साट्ने नयाँ बहाना बन्न थालेको छ । त्यतिमात्र होइन, नयाँ वर्षमा पश्चिमा संस्कृतिले समेत अतिक्रमण गर्दै गएको छ । अंग्रेजी नयाँ वर्षमा विदेशमा गरिने तामझाम, विक्रमको नयाँ वर्षमा नेपालमा समेत भित्रिएको छ । वर्षको अन्तिम रात न्यू इयर इभका नाममा रात रंगीन हुन थालेका छन्, मदिरा र पाश्चात्य संगीतमा । यो युवाहरुका लागि रातलाई रंगीन बनाउने अर्काे बहाना बनेर आउने गर्छ आजभोलि नयाँ वर्ष ।
आज नयाँ वर्ष मनाउने परम्परा पनि आफैँमा भर्चुअल देखावटी बन्दै गएको छ । नेपाली नयाँ वर्षलाई अंग्रेजी नयाँ वर्षले अतिक्रमण गरेको हो नै, यसमाथि पनि मनाइने परम्परा नै बदलिएको छ । पुराना नयाँ वर्षको याद आउँछ अझै पनि मलाई, चौरासी कटेकी मेरी हजुरआमाले बिहानै बिस्तारामा आएर टीका लगाइदिँदै आशीर्वाद दिन्थिन् । अहिले म त्यो आशीर्वाद थाप्न भने पाउँदिनँ, किनकि म घरदेखि केही टाढा छु, तैपनि अझै पनि ती आशीर्वादहरुलाई प्रायः स्मरण गर्दछु । टाढा भए पनि आशिर्वाद त मैले लिने नै छु, फोनबाट भए पनि । यो पनि भर्चुअल नयाँ वर्षको उदाहरण नै हो । सञ्चारको बढ्दो विकासले गराएको फाइदा नै मान्नुपर्छ, यसलाई । नयाँ वर्षमा
टाढा भएकालाई पराई बनाउन दिएको छैन नै भन्नुपर्छ, सामाजिक सञ्जालले । देशविदेशमा भएकाहरु पनि आफ्ना घरपरिवार, आफन्तसँग सामाजिक सञ्जाल वा आमसञ्चारका अनेक माध्यमबाट जोडिने अवसर पाएका छन्, यसलाई फाइदा नै मान्नुपर्छ ।
सामाजिक सञ्जालमा देशमा भएको अशान्ति हटोस् भन्ने कामनासमेत पोस्ट गरिएका छन् । देशविदेशबाट देशप्रतिको चिन्तालाई छताछुल्ल पार्नेहरुको समेत कमी देखिँदैन, यहाँ । कतै नयाँ वर्षमा चार वर्षमा नबनेको संविधान ७० सालमा जारी होस् भन्ने कामना गरिएको छ । कहीँ नयाँ वर्षमा नेपालीहरुले शान्तिले सास फेर्न पाऊन्
भन्ने कामना गरिएको
छ । जे–जसरी होस्, नयाँ
वर्षमा एकले अर्काेलाई दिने शुभकामनाको परम्पराले भने निरन्तरता पाइरहेको छ ।
नयाँ वर्षमा झुल्कने नयाँ किरणले उत्साह र उमंग बढाओस् । नवबिहानीको नूतन किरणले २०६९ सालमा भएका कमीकमजोरीलाई सच्याएर थाती रहेका कामहरु पूरा होऊन् । देशले पाउन नसकेको संविधान पाओस् भन्ने शुभकामनाका साथमा अन्त्यमा फेरि अफगानिस्तानको युद्धभूमि रेगिस्तानबाट फेसबुकमा बुटवल, रुपन्देहीका रोहित रानाले पोस्ट गरेको एउटा नयाँ वर्षको शुभकामनारुपी गजल राख्न उचित ठानेँ, उनीलगायत सबै देशविदेशमा रहेका नेपालीहरुका लागि शुभकामना पनि व्यक्त गर्दै ।
‘छर्दै हर्र्ष उल्लास सबैसँग
आऊ नयाँ साल
नेपाली जनतालाई पार्दै दङ्ग
आऊ नयाँ साल ।
शान्ति होस् चारैतिर
अशान्ति नहोस् कतै
लिएर जोश–जाँगर उमंग
आऊ नयाँ साल ।
देशको मुहार फेरीकन
जारी होस् संविधान
दिई नेतालाई बुद्धि र ढंग
आऊ नयाँ साल ।
पीर चिन्ता पाखा लागी
जीवन होस् खुशी
मनभरि छर्दै सप्तरंगी रंग

No comments:
Post a Comment
Thanx for your comment