Wednesday, February 8, 2012

स्वैच्छिक

भरतपुर । जनयुद्धमा लागेर वर्गीय
मुक्तिको लागि संघर्ष गर्ने अठोट थियो ।
सोचेजस्तो कहाँ हुँदोरहेछ र ?
चढ्दो उमेरको जवानीलाई युद्धमा होमियो,
आखिरमा सपना पूरा नहुँदै फर्कनुपर्दा अवकाश
रोजेका लडाकूको पीडा कस्तो होला । अझ
त्यो पनि सम्मानजनक बिदाइ थिएन ।
साथीहरुबाटै पिटाइ खाएर लखेटिनु प¥यो ।
स्वैच्छिक अवकाश रोजेका कम्पनी कमाण्डर
होमबहादुर खड्का ‘हुकुम’ले
आफ्नो पीडा पत्रकारलाई मंगलबार
भरतपुरमा सुनाउँदै थिए ।
मंगलबार साँझ डिभिजनमा स्वैच्छिक अवकाश
लिएका लडाकूका कमाण्डरलाई
नजरबन्दमा राखेको उनले बताए । ‘हामीले
पहिलेदेखि नै डिभिजनको आर्थिक
पारदर्शिताको कुरा उठाउँदै आएका थियांै,
यही विषयलाई लिएर मलगायत अरु
साथीहरुलाई पनि कुटियो’, खड्काले बताए ।
कमाण्डरको आदेशमा कुटपिट
गरिएको उनको भनाइ थियो । उनले भने,
‘हामी शिविर छाड्नेक्रममा थियौं तर मलाई
शिविरकै १०÷१५ जनाको टास्कफोर्सले
लखेटीलखेटी पिटे । म भगेर बाहिर
आएपछि वाईसीएलका साथीले मलाईं
बचाउनुभयो ।’
उनको साथबाट ३९ हजार ३००
तथा जिन्सी सामानसमेत लुटिएको खाली हात
स्वैच्छिक अवकाश
रोजेका डिभिजनका सहकमाण्डर उदयबहादुर
चलाउनेसँगै सदरमुकाम आएका रुकुमका खड्काले
भने । २०५६ सालमा कलिलो उमेरमै
माओवादीको पूर्णकालीन सदस्य भएर भूमिगत
जीवन सुरू गरेका खड्का २०५७ सालबाट
माओवादी सेनामा प्रवेश
गरी युद्धका मोर्चा समाल्न थालेका हुन् ।
उनले सोचेका थिए
रुकुमजस्तो पिछडिएको वस्तीमा स्वतन्त्रताको
विजारोपण गर्नेछु । सीमान्तकृत,
पिछडिएका रुकुमी जनताको अधिकार
प्राप्तीमा योगदान पु¥याउने छु । तर अहिले
आएर न त उनको सपना पूरा भयो, न
रुकुमी जनताले अधिकार नै प्राप्त गर्नसके
मात्र सीमित वर्ग र व्यक्तिलाई सत्तामा पु
¥याउने भ¥याङ भयो जनयुद्ध, उनले
चिन्ता व्यक्त गरे ।
माओवादीमा लागियो अब हामीसँग के नै छ र ?
हामीसँग भएको कला र सीप हो । आवश्यक परे
प्रयोग गर्ने बताउँछन् उनी । ‘हामीसँग
भएको भन्ने नै कला र सीप हो, यदि देशले
आवश्यक ठाने फेरि हतियार उठाउँछु, बम
बनाउछु र देशको लागि लढ्छु ।’
१४÷१५ को कलिलो उमेरमा राजनीति गर्न
हिँडेका खड्का राजनीतिक भाषामै भन्छन्,
‘हिजो हाम्रा नेताले भन्नुहुन्थ्यो,
क्रान्ति मुखमुखमा पुग्दा प्रतिक्रान्ति पनि
मुखमुखमा आउँछ,
त्यही भएको हो हिजोको घटना ।’
अझै पनि क्रान्ति सम्पन्न भइनसकेको बताउने
खड्का जनताको चाहना पूरा नभएको प्रति
आक्रोश व्यक्त गर्छन् । ‘गणतन्त्र
केही व्यक्तिका लागि कमाउने भाँडो भएको छ’,
उनले भने, ‘केही व्यक्तिलाई
प्रधानमन्त्री बनाउन आयो गणतन्त्र, धन
कमाउन आयो गणतन्त्र तर जनताका लागि आएन
गणतन्त्र ।’

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी