काठमाडौ, वैशाख २४ - 
 बेल्जियमको स्थानीय निकायको निर्वाचनमा नेपाली मूलका कृष्णप्रसाद रेग्मीले डिस्ट्रिक काउन्सिलरका रुपमा उम्मेदवारी दिने भएका छन् ।
छ वर्षका लागि अगामी अक्टुवरको १४ तारिखका दिन हुने स्थानीय निर्वाचनमा बेल्जियमको बोर्गेर्होट डिस्ट्रिकबाट रेग्मीले उम्मेदवारी दिन लागेका हुन् ।
रेग्मीका अनुसार उनलाई बेल्जियमको सबै भन्दा ठूलो राजनीचपक दल एनभिएका तर्फबाट पार्टी सभापति बर्ट डे वेभेरले नेतृत्व गर्ने नामावलीमा समावेश गरिएको हो । यही मे ४ तरिखका दिन बेलुका बसेको पार्टी भेलाले उनलाई उम्मेदवार बनाउने तय गरेको हो ।
स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट १२ जना पुरुष र १३ जना महिलाहरु निर्वाचनको मैदानमा जाँदै छन् । जसको आधिकारिक घोषणासभा बेल्जियममा विशेष समारोहका बीच यही मे २६ तारिख शनिबारका दिन हुनेछ ।
कुल २५ सिटका लागि हुने डिष्ट्रिक निर्वाचनमा सबै सदस्यहरु प्रत्यक्ष निर्वाचित हुने छन् । करिव ४० हजार मतदाता रहेका यस डिस्ट्रिकमा बेल्जियमका फलामिस क्षेत्रका सबै राजनीतिक दलहरुले उम्मेदवारी दिने जनाइएको छ ।
बेल्जियमका नागरिकहरुले मात्र मतदान गर्न पाउने उक्त निर्वाचनमा हालसम्म घोषित उम्देवारहरुमा नेपाली मूलका मध्येबाट रेग्मी मात्र रहेका छन् ।
vie :ekantipur

No comments:
Post a Comment
Thanx for your comment