Tuesday, April 10, 2012

बाल विकाससम्बन्धी प्रशिक्षण

बाल विकाससम्बन्धी प्रशिक्षण रत्ननगर । बाल विकास केन्द्र व्यवस्थापनसम्बन्धी एक दिने प्रशिक्षण मंगलबार रत्ननगरमा सम्पन्न भएको छ । सहयोगी महिला विकास प्रतिष्ठान रत्ननगरको आयोजनामा रत्ननगर नगरपालिकाभित्र सञ्चालन हुँदै आएको ४० वटा बाल विकास केन्द्रका शिशु शिक्षिकाहरुको लागि प्रतिष्ठानले प्रशिक्षण दिएको हो । बाल विकास केन्द्रलाई अझ व्यवस्थित बनाउनेबारे तथा बालबालिकाहरुको वौद्धिक, मानसिक, शारीरिक विकासका लागि अपनाउन सकिने उपायका बारेमा कार्यक्रममा गोपाल भण्डारी र भक्तबहादुर सेन्चुरीले सहजीकरण गर्नुभएको थियो । रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत रामकृष्ण उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष अनिता अधिकारीको अध्यक्षतामा भएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी