Tuesday, April 10, 2012

गैँडाकोट गाविसको ताला अझै खुलेन

गैँडाकोट । गत आइतबार गंँैडाकोट आदर्श गाविसको कार्यालयमा गरिएको तालाबन्दी अझ पनि खुल्न सकेको छैन । सोमबार दिनभर प्रमुख दल तथा आन्दोलनरत नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति महिला महासंघ, दलित सेवा समाज, दलित एकता महिला समाजबीच गाविसमा वार्ता भए पनि सहमति हुन नसक्दा गाविसमा लागेको तालाबन्दी कायम रहेको हो । गत आइतबार ती समूहले गाविसमा खोलिएको विज्ञापनअनुरुप कर्मचारी नियुक्त नभएको भन्दै गाविसमा तालाबन्दी गरेका थिए । गाविसले खरिदार पदका निम्ति विज्ञापन निकालेकोमा आदिवासी जनजाति दलित तथा महिलालाई प्राथमिकता दिनुपर्नेमा सफल महिला उम्मेद्वारलाई समेत अनुत्तीर्ण गराइ अर्कै व्यक्तिलाई नियुक्ति दिएको आरोप उनीहरुले लगाएका छन् । यता, सोमबार र मंगलबार प्रमुख राजनीतिक दलहरुले आन्दोलनरत पक्षले चाहेअनुरुप जनजाति महिलालाई पनि नियुक्ति दिइने बताए पनि उनीहरुले पहिले गरिएको नियुक्ति खारेजीको माग गर्दै तालाबन्दी जारी राखेको आदिवासी जनजाति महिला संघ गैँडाकोटकी अध्यक्ष सावित्री श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी