Tuesday, April 10, 2012

सरकारले बेवास्ता गरेको व्यवसायीको गुनासो

भरतपुर । चितवनको पोल्ट्री व्यवसायमा फैलिएको संक्रमणयुक्त रोग नियन्त्रणमा सरकारले बेवास्ता गरेको व्यवसायीहरुले गुनासो गरेका छन् । केन्द्रीय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरको आयोजनामा भरतपुरमा सम्पन्न अन्तक्र्रियामा बोल्ने पोल्ट्री व्यवसायीले सरकारले पोल्ट्रीमा देखिएको संक्रमणतर्फ ध्यान नदिएको आरोप लगाए । कार्यक्रममा बोल्दै वरिष्ठ कुखुरा व्यवसायी गुणचन्द्र विष्टले जैविक सु्रक्षाले मात्र अहिले चितवनमा फैलिएको रोग नियन्त्रण गर्न नसकिने भएकाले सरकारले नै पहल गर्नुपर्ने बताउनुभयो । कुखुरा व्यवसायी मञ्चका अध्यक्ष चन्द्रमान श्रेष्ठले केन्द्रीय प्रयोगशालालाई पब्लिक प्राइभेट पार्टनरशीपमा व्यवसाय संचालन गरेर रोगको पहिचान गर्नुपर्ने बताउनुभयो । पशुसेवा विभागका कार्यक्रम निर्देशक डा.रामकृष्ण खतिवडा, मञ्चका केन्द्रीय उपाध्यक्ष डा. होमबहादुर बस्नेत र केन्द्रीय पंक्षी प्रयोगशालाका प्रमुख डा. बोधनाथ अधिकारीले कुखुरामा लाग्ने गरेका रोग र निदानबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी