Tuesday, April 10, 2012

राजमार्गछेउमा एक हजार बढी यौनकर्मी

भरतपुर । चितवन र नवलपरासीको राजमार्गछेउछाउमा एक हजार १६७ जना यौनकर्मी महिला रहेको तथ्याङ्क सार्वजनिक भएको छ । देह व्यापारका क्षेत्रमा क्रियाशील सहभागी नामक गैरसरकारी संस्थाको १६ औँ स्थापना दिवस समारोहमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । सो संस्थाको भरतपुरमा केन्द्रीय कार्यालय रहेको छ । परियोजनाले राजमार्गछेउमा देह व्यापार गर्ने महिलाहरुलाई बानी सुधार गरी पेसा परिवर्तनमा लागेको छ । परियोजनाले विगत एक वर्षमा सात जना महिलाले देह व्यापार परिवर्तन गरी अन्य पेसा अबलम्वन गरेको पनि बताइएको छ । ‘राजमार्गको वरपरका क्षेत्र बढ्दो मानवीय चाप हुने क्षेत्र हो । सवारीसाधन पनि बढी ओहोरदोहोर गर्ने भएकाले यात्रुहरु पनि बढी नै हुने हँुदा यौनजन्य गतिविधि पनि बढी नै हुने गरेको छ’, संस्थाका कार्यकारी निर्देशक शालिग्राम शर्माले भन्नुभयो । पछिल्लो समय चितवन र यस आसपासका क्षेत्रमा असुरक्षित यौनजन्य क्रियाकलाप बढ्दै गएको पनि सो संस्थाले जनाएको छ । चितवन र नवलपरासीको राजमार्ग आसपासका क्षेत्रलाई संस्थाले देह व्यापारका दृष्टिले उच्च जोखिममा राखेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी