Tuesday, April 10, 2012

पौडेलका परिवारलाई रेडियोबाट एक लाख

सौराहा । ब्रोडकास्टिङ एसोसिएसन नेपाल ‘बान’को चितवनमा बसेको बैठकले झापाका पत्रकार यादव पौडेलका परिवारलाई देशभरका निजी रेडियोहरुको सहयोगबाट एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । चितवनको सौराहामा सोमबार सा“झ बसेको बैठकमा निर्धारित समयमा शान्ति र संविधानको कामलाई पूर्णता दिन सञ्चार अभियानलाई प्रभावकारी ढंगले अगाडि बनाउने पनि निर्णय गरेको ब्रोडकास्टिङ एसोसिएसन नेपालकी केन्द्रीय सचिव मण्टेश्वरी राजभण्डारीले जानकारी दिनुभयो । बानले श्रमजिवी पत्रकार ऐन पूर्णरुपमा लागू गर्न सकिने अवस्था नभएको भन्दै लागू गर्न सकिने अवस्था बनाउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी