Tuesday, April 10, 2012

मेची–महाकाली दबाब ¥याली चितवनमा समयमै संविधान देऊ ः जेसीज

नारायणगढ । समयमै संविधान निर्माण तथा शान्ति प्रक्रिया टुङ्ग्याउन दबाब दिने उद्देश्यले नेपाल जेसीजले सञ्चालन गरेको मेची महाकाली दबाब ¥याली मंगलबार चितवन आइपुगेको छ । दुईदुई पटकसम्म संविधानसभाको म्याद थप्दासमेत जनतालाई संविधान दिन नसकेको भन्दै राजनीतिक दल तथा संविधानसभा सदस्यहरुलाई दबाब दिने उद्देश्यले पूर्वी नेपालको धुलाबारी काकडभिट्टाबाट २६ गते आइतबार सुरू भएको ¥यालीका सहभागीहरुलाई मंगलबार नारायणगढ जेसीजले चितवनमा स्वागत गरेको थियो । स्वागतपछि आयोजित कोणसभामा नेपाल जेसीजका पूर्वअध्यक्ष दिनेश कोइरालाले समयमा नै संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले मेची–महाकाली यात्रामा निस्किएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘दुई वर्षमा संविधान बनाउछाँै भनेर संविधानसभा छिरेका दलका नेताहरु संविधान निर्माणभन्दा पनि दलगत तथा व्यक्तिगत स्वार्थमा लागेर बसेकाले आन्दोलन गर्नु परेको बताउनुभयो ।’ त्यस्तै जेसीजका अध्यक्ष तेजशंकर भट्टले दलका नेताले जनताले दिएको म्याण्डेट पूरा गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘जनताले जुन म्याण्डेट दिएर चुनेका थिए, त्यो पूरा हुन सकेको छैन । अझ पनि समयमा नै संविधान निर्माण गर्न नसके दलका नेतालाई आगामी चुनावमा मत नदिन जनतासँग अपिल गर्दै हिँड्ने छाँै ।’ देशभरबाट जेसीजले समयमा नै संविधान निर्माण गर्न दबाब दिने उद्देश्यले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत देशभरका १०३ शाखाले संविधानसभा दलका कार्यालय तथा सरकारसमक्ष ज्ञापनपत्र बुझाएको थियो । मेची– महाकाली यात्रामा निस्किएको टोलीलाई स्वागत गर्न २०४६ सालको जनआन्दोलनका सहिद गणेश पौडेलकी पत्नी दुर्गादेवी पौडेल पनि नारायणगढको पुलचोक पुग्नुभएको थियो । यसैबीच मेची–महाकाली यात्रामा निस्किएको टोली मंगलबार नै बुटवलतर्फ प्रस्थान गरेको छ । टोलीले बुटवल तथा भैरहवामा आज बुधबार कोणसभा गरी बुद्धको जन्मभूमि लुम्बिनीमा पुगी ६०१ शान्ति दीप प्रज्ज्वलन गर्ने नेपाल जेसीजका अध्यक्ष भट्टले जानकारी दिनुभयो । यात्रामा निस्किएको टोली लुम्बिनीबाट कोहलपुर नेपालगञ्ज हुँदै बैशाख १ गते महेन्द्रनगरमा पुगी यात्राको समापन गर्ने छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी