Wednesday, April 11, 2012

शिविरका सबै हतियार नेपालीले सेनाले बुझ्यो : शान्ति प्रक्रियाको पाँच वर्षपछि माओवादी निशस्त्र


होमनाथ सापकोटा शक्तिखोर । शान्ति प्रक्रिया सुरू भएको पा“च वर्षपछि माओवादी लडाकू बुधबारदेखि निशस्त्र भएका छन् । पूर्वी चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजन मुख्यालयमा रहेका सबै हतियार माओवादी लडाकूले नेपाली सेनालाई बुझाएपछि माओवादी निशस्त्र भएको हो । सरकार र सेना समायोजन विशेष समितिको निर्णयअनुसार तेस्रो डिभिजनका कमाण्डर धनबहादुर मास्कीले कन्टेनरमा रहेका सबै हतियार सरकारी मातहतको विशेष समितिको उपस्थितिमा बुधबार नेपाली सेनालाई बुझाउनुभएको हो । कन्टेनरमा रहेका ६६७ वटा हतियार र ती हतियारमध्येकै पेरिमिटर सुरक्षाका लागि राखिएका ६७ र डिभिजन कार्यालयको सुरक्षाको लागि प्रयोग भएका ४४ वटा हतियारसहितका गोलीहरु सचिवालयको नेपाली सेनाले बुझेर कन्टेनरमा राखेको छ । सेना सामायोजन विशेष समितिको अर्को निर्णय नआउन्जेलसम्म हतियारको सुरक्षा नेपाली सेनाले गर्नेछ । माओवादी लडाकू, हतियार र शिविर नेपाली सेनाको मातहतमा ल्याउने सरकार, राजनीतिक दल र सेना समायोजन विशेष समितिको मंगलबारको निर्णयबमोजिम तेस्रो डिभिजनको सुरक्षाको लागि नेपाली सेना खटाइएको छ । भरतपुरस्थित समशेर दल गणका सेनानी विजय श्रेष्ठको कमाण्डमा १२७ जनाको नेपाली सेनाको एउटा गुल्म मुख्यालय तेस्रो डिभिजनको सुरक्षाको लागि खटिएको गणका प्रमुख सेनानी ज्योतिन्द्र महतले जानकारी दिनुभयो । ‘मंगलबार बेलुकादेखि नै शिविरको सुरक्षा जिम्मा हामीले लिएका छांै’, प्रमुख सेनानी महतले भन्नुभयो, ‘हतियार र शिविरको सुरक्षा दुबै पक्षको समन्वयमा गरिने छ ।’ नेपाली सेना र माओवादी लडाकू दुबै शिविरमै बस्ने र सुरक्षा व्यवस्था नेपाली सेनाले मिलाउने सर्कुलर आएको उहाँले जानकारी दिनुभयो । माओवादीका लडाकूहरुको शिविरमा आफूहरुले हार्दिकता व्यवहार पाएकोले असहज अवस्था नआएको बताउनुभयो । सेना समायोजन विशेष समितिअन्र्तगतको सचिवालयका संयोजक बालानन्द शर्माले माओवादीले हतियार बुझाएपछि शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने संकेत देखापरेको बताउनुभयो । हतियार बुझाएपछि पुनर्वर्गीकरण र समायोजनको काम सहज रुपले अगाडि बढ्ने आफूलाई लागेको उहा“को भनाइ रहेको थियो । ‘नेपाली सेनाको मापदण्डअनुसार समायोजन प्रक्रियामा उत्र्तीण हुनेलाई समायोजनमा पठाउँछौं’, शर्माले भन्नुभयो, ‘अनुत्र्तीण हुनेलाई स्वैच्छिक अवकाशमा पठाउँछौं ।’ उहा“ले सेना समायोजन विशेष समितिले अर्काे निर्णय नगरेसम्म शिविर र हतियारको सुरक्षा नेपाली सेनाले गर्ने जानकारी दिनुभयो । संयोजक शर्माले देशभरका १५ वटा शिविरमा रहेका ३६ सय ७६ हतियार बुधबारै नेपाली सेनाले जिम्मा लिइसक्ने बताउनुभयो । तेस्रो डिभिजनका डिभिजन कमाण्डर धनबहादुर मास्कीले विशेष समितिको निर्णयलाई सकारात्मक रुपले लिएको बताउनुभयो । ‘समायोजनमा जाने साथीहरुको दर्जा मिलान, तालिमलगायतको विषयमा असहमति कायमै रहेको भएपनि पार्टीले उपयुक्त निर्णय लिने विश्वासमा सबै कुरा स्वीकारेका छौं’, उहाँले भन्नुभयो, ‘हाम्रो लचकता शान्ति र संविधानका लागि हो ।’ पार्टीभित्रको विवादका कारण केही समस्या देखिएपनि त्यसलाई आफूहरुले सहजरुपमा शिविरभित्र मिलाउने मास्केको भनाइ छ । हतियार हस्तान्तरण भइरहँदा घाइते अपाङ्ग लडाकूहरुले आजीवन उपचार र आप्रवासको व्यवस्था हुनुपर्ने माग गर्दै शिविरभित्रै धर्ना दिएका थिए । धर्नामा बसेका घाइते अपाङ्ग लडाकूहरुलाई सम्बोधन गर्दै सचिवालयका संयोजक शर्माले घाइते अपाङ्गको मागको विषयमा दुई दिनअघि नै विशेष समितिलाई जानकारी गराएको र अब एक÷दुई दिनभित्र प्याकेज कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो । चौथो डिभिजन पनि सेनाको जिम्मा त्यसैगरी सेना समायोजन विशेष समितिको निर्णय र सरकारको निर्देशनमा नेपाली सेनाले नवलपरासीस्थित माओवादी लडाकूको चौथो डिभिजनका मुख्य र सहायक दुबै शिविर मंगलबार रातिदेखि नै आफ्नो जिम्मामा लिएको छ । नेपाली सेनाको चण्डीप्रसाद गणका सेनानी कर्णबहादुर चन्दको कमाण्डको १२७ जनाको टोलीले चौथो डिभिजन मुख्यालय भm्यालटुङ्गडाँडा र बज्रदल गण परासीका सहसेनानी विनयकृष्ण खड्काको नेतृत्वमा रहेको ४५ जनाको टोलीले परिवर्तन स्मृति ब्रिगेड हात्तीखोरको जिम्मेबारी सम्हालेको छ । लडाकूहरुले सरकारी निर्देशनको स्वागत गर्दै दुबै शिविरमा रहेका हतियारहरु सेनाको जिम्मा लगाइएको बताएका छन् । लडाकूहरुले मुख्यालयमा सहजताका साथ नेपाली सेनाको आगमनलाई स्वीकार गरेका थिए भने हात्तीखोर शिविरमा भने लडाकूहरुले आफ्नै आन्तरिक हरहिसाब कमाण्डरहरुबाट पारदर्शी नभएको भन्दै शिविरमा आगजनी तथा तोडफोड गरेका कारण राति अबेरमात्र सेनाले जिम्मेबारी सम्हालेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी